औरही नगरपालिकाको ४२ करोड २ लाख २१ हजार बजेट बिनियोजन



महोत्तरी : औरही नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८र०७९ को लागि ४२ करोड २लाख २१ हजार बजेट रुपैयाँको बजेट प्रस्तुत गरेको छ। बिहीबार सम्पन्न आठौं नगरसभामा मेयर सुनिल यादवले बजेट प्रस्तुत गरेका हुन् ।

नगर सभामा मेयर यादवले ‍औरही नगरपालिकालाइ नमुना एवंम विकाशिल नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको आकांक्षा अनुसार यस बर्षको बजेट ल्याएको बताएका थिए ।

यस आवमा चालु खर्चको तुलनामा विकास खर्च संतोषजनक भएको मेयर यादवले दावी गर्दै लक्ष्यको तुलनामा खर्च कम हुनुकाु कारण कोभिड १९ को कारण भएको बन्दाबन्दी, केन्द्र तथा प्रदेश बाट प्राप्त हुने अनुदानको निकासा समयमा प्राप्त नहुनु, स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम संचालनमा अन्यौलता आदि रहेको प्रष्टाएका छन् । उनले यस अवधिमा भौतिक प्रगति ९० प्रतिशतभन्दा बढी भई भुक्तानीको लागि फाइल पेश हुने क्रममा रहेको औंल्याए ।

आगामी वर्षको बजेटमा कृषि तर्फ नगरपालिकामा बसोबास गर्ने सबै नागरिकको खाध सुरक्षाको प्रत्याभुति गर्न कोहि भाकै पर्देैन, कोहि भोकै मर्दैन भन्ने प्रतिबद्धता पुरा गर्न सबै तहका सरकार बिच सहकार्य गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज