कपिलवस्तु , १३ मंसिर। विद्यालयले शिक्षक भर्ना नगरे पछि कपिलवस्तुको महाराजगन्ज नगरपालिकाको प्राविधिकधार अध्ययन गर्ने विद्यार्थी पढाइ बाट बन्चित भएका छन् ।
नगरपालिकाको जानकी माध्यामिक विद्यालयका सिभिल इन्जिनियरीङ अध्ययन गर्ने ३३ विद्यार्थी समस्यामा परेका छन् । भर्नाको विषयलाई लिएर व्यवस्थापन समितिमा विवाद बढे पछि ३ महिना देखि विद्यार्थीले सास्ती खेप्नु परेको स्थानीय अभिशेख यादवले बताउनु भयो ।
विद्यालय प्रशासनले भदौ १५ विज्ञापन प्रकाशन गरी सिभिल इन्जिनियर तर्फ १ जना उच्च मावी तह, १ जना माध्यामिक तह र १ जना निम्न माध्यमिक तह गरी ३ जना शिक्षक र १ जना ल्याव असिस्टेन्ट पदमा आवेदन खुलाएको थियो । छनौट प्रकृयाका सुरु गर्ने बेलामा विद्यालय व्यवस्थापन समितिमा किचलो भए पछि नियुक्ती प्रकृया सेलाएको विद्यालयका प्रअ कृष्ण प्रसाद चाैधरीले बताउनु भयो ।
यता विद्यार्थीले असोज देखी भौतिक उपस्थितीमा पठन पाठन सुरु गरे पनी मुख्य विषयको शिक्षक नहुदा समस्या भएको बताउनु भयो । नया पाठ्यक्रम अनुसार ९ विषय अध्ययन गर्नु पर्ने हुन्छ तर ५ ओटा विषयको कक्षा सञ्चालन नहुँदा पढाइमा असर गरेको दाबी गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्जय अग्रहरीले चासो नदिएको आरोप समेत लगाएका छन् ।
अध्यक्ष अग्रहरीले विद्यालय व्यवस्थापन समितिमा वडा कार्यालयबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिको विवादले नियुक्ती प्रकृयामा जटिलता उत्पन्न गराएको बताउनु भयो ।
समितिमा वडा सदस्य फुल कुमारी गुप्ताले प्रतिनिधित्व गर्दै आएकोमा नगरपालिकाले वडा अध्यक्षलाई समितिमा राख्नु पर्ने निर्देशन आए पछि बिबाद चुलिएको स्पष्ट पार्नु भयो ।