धर्मेन्द्र कुमार यादव- महोत्तरी,
समता र समाबेशी शिक्षा सम्बन्धी तीन दिने पुर्नताजगी कार्यशाला सम्पन्न भएका छ्न। समाज बिकास केन्द्रको आयोजनामा पुर्नताजगी कार्यशाला बर्दिबासमा सम्पन्न भएका छ्न। शुक्रबार बाट बर्दिबासको शिसमहलमा सुरु भइ आइतबार सम्पन्न भएको छ।
महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका र सम्सी गाउपालिका भित्र रहेका सामुदायिक बिद्यालयमा प्रारम्भिक कक्षा १-३ सम्म अध्यापन गराइरहेका शिक्षक शिक्षिका हरुलाइ समता र समाबेशी सम्बन्धी तिन दिने शिक्षण सिकाइ सीप अभिबृधी तालिमको पुर्नताजगी कार्यशाला सम्पन्न भएको छ। यस अघी दुबै पालिकाका शिक्षक शिक्षिका हरुलाइ पाच दिने तालिम गराएका थिए।
बर्दिबासको शिशमहल होटलमा सोमबार सुरु भएका तालिममा राम गोपालपुर नगरपालिका र सम्सी गाउपालिकाका जम्मा २७ जना शिक्षक शिक्षिक सहभागी भएका थिए। शुक्रबार बाट शुरु भएका पुर्नताजगी कार्यशालामा प्रारम्भिक कक्षा शिकाइ कार्यक्रममा मातृभषामा कसरी शिक्षन सिकाइ गर्ने बारे व्यापक छलफल भएको थियो। प्रारम्भिक कक्षा शिकाइ कार्यक्रमका भाषाका तत्वहरु र गणित बिषयका तत्वहरुको बिस्तृतमा पुर्नताजगी दिएको थियो। बिद्यालयमा समता र समाबेशी शिक्षा सम्बन्धी शिक्षण सिकाइमा ध्यान दिनु पर्ने माथी जोड दिएका थिए।
समापन कार्यक्रममा सहभागीको तर्फ बाट बोल्दै एक जन्ना शिक्षकले भनु भयो कि यस तालिमबाट हामी रिचार्ज भएका छौ, तालिममा गराइका क्रीयाकलाप बाट अध्यापन गराउन धेरै उर्जा मिल्ने छ।
पुर्नताजगी तालिम शुक्रबारबाट शुरु भइ आइतबार सम्पन भएका छन। समाज बिकास केन्द्रको संयोकत्वमा शुरु भएको कार्यक्रमको सहयोगी रामगोपालपुर नगरपालिका र सम्सी गाउपालिकाको कार्यालय तथा विश्व शिक्षा रहेको छ त्यस्तै अर्को सहयोगी युनिसेफ रहेको छ।
कार्यक्रममा समाज बिकास केन्द्रका कार्यक्रम संयोजक अनबर प्रवेज, विश्व शिक्षाका छबी चौलागाइ, रिसु माया चौधरी,शान्ती चौधरी लगायत शिक्षक शिक्षिका हरु सहभागी भएका थिए।