२०७८ असार ११, शुक्रबार १६:०५ बजे

बर्दिबास असार ११ गते  : बर्दिबास अस्पताललाई ५० बेडको हस्पिटल बनाउन बर्दिबास नगरपालिकाले छलफल अगाडी बढाउनु पर्नेमा प्रतिनिधिसभा सदस्य गिरिराजमणि पोखरेलले औंल्याएका छन् ।

बर्दिबास नगरपालिकाको आठौं नगर सभालाई सम्बोधन गर्दै उनले सबै वडामा  योग केन्द्र र आयुर्वेद केन्द्र स्थापना गर्नु पर्नेमा उनले जोड दिएका छन् ।

पिसिआर टेस्ट अगाडी बढाएर बर्दिबासले सकारात्मक प्रभाव पारेको उनले बताए । सुकुम्बासी, अव्यवस्थित बसोबास र भूमिहीनलाई  लालपूर्जा दिलाउन नगरपालिकाले गरिरहेको कामको नेता पोखरेलले उच्च प्रशंसा गरेका थिए ।
बर्दिबासलाई शैक्षिक सहर बनाउन काम भइरहेको उनले बताए । गुणात्मक शिक्षा प्रदान गर्न नगरपालिकाले विद्यालयमा भौतिक पूर्वधार, शिक्षक व्यवस्थानको कोणबाट काम गरेको छ ।

बर्दिबास प्राविधिक शिक्षाको हब बन्दै गरेको उनले उल्लेख गर े। बर्दिबासमा मेडिकल क्लेज निर्माणको प्रक्रिया अघि बढेकोमा उनले खुशी व्यक्त गरेका थिए । जुन ठाउँमा प्राविधक शिक्षा पुगेको छैन त्यहाँ प्राविधक शिक्षा पुर्याउनु स्थानीय सरकारलाई नेता पोखरेलले आग्रह गरे ।
आधारभूत शिक्षालाई बलियो बनाए मात्रै बर्दिबासका बालबालिकाको उच्चशिक्षामा पहुँच पुग्ने नेता पोखरेलले बताए ।

बर्दिबासलाई दुव्र्यसन मुक्त शहर बनाउनु पर्नेमा सबैलाई व्यवस्थित ढंगले काम गर्न नेता पोखरेलले आग्रह गरे ।

किसानहरुको कृषि उत्पादन बजार लैजान बर्दिबासमा सडक सञ्जाल निर्माण गर्न जनप्रतिनिधिलाई ध्यान दिन उनले आग्रह गरे ।
बर्दिबासलाई हराभरा र चुरे संरक्षण गर्न हरित  अभियान संचालन गर्नु आवश्यकता रहेको नेता पोखरेलको भनाई थियो ।

अक्सिजन विना नागरिकको जीवन बाँच्न नसक्ने भएकाले वृक्षा रोपन गर्न उनले जोड दिए ।

बर्दिबासलाई गिट्टी र बालुवा बिक्री गर्ने पहिचान होइन् फलफूल र सागसब्जी बिक्री गर्ने क्षेत्रको रुपमा विस्तार गर्नु पर्नेमा उनले जोड दिए ।

बर्दिबास नगर कृषि कार्यक्रम गौरवको कार्यक्रम रहेकोले यसलाई कडाईपूर्वक कार्यान्वयन गरे किसानको जीवन स्तर उठाउन बर्दिबास नगरपालिकालाई नेता पोखरेलले आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय