२०७८ मंसिर २०, सोमबार ११:३७ बजे

बिरगंज,२० मंसिर ।समुदाय – प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा श्रीपुर-११ को आयोजनामा आज आखा तथा दात परिक्षण शिबिर सम्पन्न भयो ।

आज बिरगंज श्रीपुर ११ स्थित अल्पाईन स्कुलमा पर्सा जिल्ला क्षेत्र न. १ का प्रतिनिधि सभा सदस्य माननीय प्रदीप यादवको प्रमुख आतिथ्य भएको सो कार्यक्रमका बिशिस्ट अतिथि जिल्ला समन्वय समिति पर्साका सभापति नेक महमद , पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेत , प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कि , सामाजिक अभियान्ता प्रकाश थारु , बिरगंज युवा समाजका अध्यक्ष कमल चौगाई , डा. महेश सिंह धामि , प्रकृति प्रेमी जसपाल सिंह , सामुदायिक सेवा केन्द्र श्रीपुरका सस्थापक सदस्य हिरा गिरि , उपाध्यक्ष रेखा घिमिरे , सचिव दिलिप प्रधान , सन्चारकर्मि जगत राई , अजित भुजेल , सन्तोष मिश्र , पुरोषाेतम दुबे , बिनोद गुप्ता लगायत विद्यार्थी , स्थानीय बुद्धिजिबि र सामुदायिक सेवा केन्द्र श्रीपुरका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरि सामाजिक सेवामा योगदान दिने सामुदायिक सेवा केन्द्र श्रीपुरका पदाधिकारी , प्रहरी र समाजसेबिहरुलाई सम्मानित समेत गरिएको सामुदायिक सेवा केन्द्र श्रीपुर -११ का सचिव दिलिप प्रधानले जानकारी दिनुभयो ।सामुदायिक सेवा केन्द्र श्रीपुरका अध्यक्ष राम शरार्फको सभापतित्वमा सो कार्यक्रम भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय