अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ मंसिर २२, बुधबार १४:३४ बजे

काठमाडौं । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ ।

बुधबार भारतको तमिलनाडुमा एक हेलिकप्टर दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारतीय वायु सेनाले ट्विटरमा यसबारे जानकारी दिएको छ ।

हेलिकप्टरमा सवार १४ जना मध्ये १३ जनाको दुर्घटनामा मृत्यु भएको हो । ग्रुप क्याप्टेन वरुण सिंह दुर्घटनामा घाइते भएका छन् ।

उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय