अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ माघ २१, शनिबार १८:३० बजे

एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ :
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले मधेशको विकास बुलेट टे«न जस्तै हुने बताएका छन् । मधेस प्रदेशसभाले शनिबार आफ्नो पाँचौ स्थापना दिवसको अवसरमा गरेको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले भने, ‘मधेश सरकार हिजो बल्ल पुर्णता पायो, आज प्रदेशसभाको बार्षिकोत्सव कार्यक्रम परयो अव भोली विहानै मन्त्री र सचिवहरु संग बसेर भोली देखिनै सरकारको काम बुलेट टे«नको जस्तो तिव्र गतिमा आगाडि बढ्छ ।’

उनले प्रदेशमा हुने भ्रष्टाचार नियन्त्रण गरेरै छाडने समेत पुन दोहराएका छन् । स्वास्थ्य, शिक्षा, कृषि र पर्यटन आफनो मुख्य प्राथमिकतामा रहेको उनको तर्क छ । विगतमा सभामुख हुँदा सम्पुर्ण माननियको सहयोग र सदभावले आफुले एन कानुन मात्र नभई प्रदेशको नाम र राजधानी जस्तो संवेदनशिल विषय समेत सहमतीमै पारित गराउन सफल भएको बताउदै उनले यस कार्यकालमा पनि सहयोग र सदभाव पाए राम्रो काम गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय