अपडेट 
कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित | प्रधानमन्त्रीले मन्त्रीको सूची राष्ट्रपति कार्यालय पठाए | खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा | बेथिति रोकिएको छ, तीन महिनामा धेरै काम भएका छन् : प्रधानमन्त्री प्रचण्ड | तनहुँ १ र बारा २ को उपनिर्वाचनका लागि २६ दल दर्ता | जसपाले अशोक राईलाई दियो शिक्षा र वन दुवै मन्त्रालयको जिम्मेवारी | कांग्रेसबाट सरकारमा जाने चार मन्त्रीको नाम फाइनल, अर्थमा महत | विराटनगर महानगरद्धारा क्रिकेटर ललित र दिपेश सम्मानित | खानेपानी मन्त्री खानले भने – सबै मन्त्रालयले मेरो जति काम गरे देश बन्न समय लाग्दैन |
२०७९ माघ २१, शनिबार १८:३३ बजे

एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१: मिटर ब्याजमा पैसा लगाउँदै आएका दिलिप साहलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा साह बिरुद्ध उजुरी परेपछि जिल्ला प्रहरी धनुषाबाट खटेको टोलीले उनलाई पक्राउ गरेको हो । मिटरब्याजी साह बिरुद्ध उजुरी परेपछि जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १स्थित निजको घर तथा पसलमा खान तलाशी गर्दा हतियार सहित विभिन्न कपाली तमसुक बरामद गरेको छ ।

प्रहरी नायव उपरीक्षक दिपक कुमार रायको कमाण्डमा खटिएको टोलीले खान तलासी गर्दा कटुवा पेस्तोल १ थान, ३०३ राईफलमा लाग्ने गोली ४ थान, म्यागनममा लाग्ने गोली १ थान १ र म्यागनमको खोका १ थान बरामद गरेको छ ।
यसका साथै प्रहरीले दिलिप साह तथा उनको श्रीमति ममता देवी साह समेत नाममा रहेको राजिनामा फारम सहितको जग्गा धनि पुर्जा ३९ थान, दिलिप साहको नाममा जग्गा रोक्का रहेको फारम ५ थान, रकम उल्लेख नभई दस्तखत भएको सिटिजन बैंकको चेक १ थान, कपाली तमसुक १५ थान, खाली कागजमा सहिछाप भएको ६ वटा पाना, लेनदेन मुद्दाको विपक्षी पवन नारायण झाको नाममा रहेको सक्कलै म्याद बान १ थान, लेनदेन मुद्दाको दिलिप साहको नाममा रहेको तारेख पर्चा १४ थान समेत बरामद गरेको हो । उनलाई पक्राउ गरेर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय