अपडेट 
रास्वपाबाट तनहुँमा स्वर्णिमसहित तीनजना, चितवनमा रवि लामिछाने | रवि लामिछाने भन्छन् – म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन | विराटनगर सिटीले जित्यो विराट गोल्डकपको उपाधि | मन्त्रालय बाँडफाँडमा गठबन्धनभित्रै विवाद, अब शुक्रबार मन्त्रिपरिषद् विस्तार | जनगणनाबारे भ्रम नफैलाउन तथ्यांक कार्यालयको अनुरोध | जनयुद्ध दिवसविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश | ब्वाइफ्रेन्डसँग कुरा गर्न नदिएको झोकमा किशोरीद्वारा बाआमाको हत्या | यस्ता छन् सरकारका न्यूनतम साझा कार्यक्रम [पूर्णपाठ] | सर्लाहीमा मोटरसाइकल दुर्घटना, दुई जनाको मृत्यु | कांग्रेसले टुंग्यायो मन्त्रीको नाम, कुन मन्त्रालयमा को ? |
२०७९ माघ २१, शनिबार १९:०४ बजे

एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ :
मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले शहीदहरूको सपना पूरा गर्ने कार्यमा लाग्न सांसद्हरूलाई अनुरोध गर्नुभएको छ । शनिबार भएको मधेश प्रदेशसभाको पाँचौ स्थापना दिवस समारोहमा प्रदेश प्रमुख मिश्रले मधेशी शहीदहरूको सपनालाई मनन गरी अगाडि बढ्न सांसद्हरूसँग आग्रह गर्नुभएको हो ।

उहाँले ज्यानको आहूति दिने शहीदहरूको विचारलाई ध्यानमा राखी प्रदेशको विकासमा ध्यान दिन समेत आग्रह गर्नुभयो । प्रदेश प्रमुख मिश्रले मधेश प्रदेशमा सुशासन र सुलभ सेवाका लागि प्रदेशसभाले भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

समारोहमा सभामुख रामचन्द्र मण्डलले मधेश प्रदेशसभाले पछिल्लो पाँच वर्षमा उल्लेख्य काम गरेको बताउनुभयो । कम श्रोत साधनका बाबजुद जनअपेक्षित काम गरेको उहाँको भनाइ छ । सभामुख मण्डलले प्रदेशसभाको आफ्नै भवनको आवश्यकता रहेको पनि बताउनुभयो । उहाँले प्रदेशसभालाई जीवन उपयोगी बनाउनुपर्ने भन्दै यसका लागि कडा मेहेनत गर्न पनि सांसद्हरूसँग अनुरोध गर्नुभयो ।

सभामुख मण्डलले प्रदेशसभाको वार्षिकोत्सवमा धेरै सांसदहरू अनुपस्थित भएकोमा दु:खसमेत व्यक्त गर्नुभएको थियो । सभामुख मण्डलले संघीयता खर्चियो व्यवस्था रहेको भनेर टिप्पणी हुन थालेकोप्रति असन्तुष्टि जनाउनुभयो । संघीयता खर्चिलो भएको कुरा सतही मात्र भएको पनि उहाँको भनाइ छ । संघियताको विकल्प बारे सोच्न नसकिने भन्दै उनले कडा परिश्रम गरेर संघियता सार्थक गर्नुपर्ने बताएका छन् ।

समारोहममा वार्षिकोत्सवका अवसरमा भएका विभिन्न कार्यक्रम तथा प्रतियोगितामा सहभागी सांसद् तथा कर्मचारीहलाई सम्मान गरिएको थियो । २०७४ माघ २१ गते पहिलो प्रदेश सभा बैठक बसेको थियो । सोही अवसरमा पत्येक वर्ष माघ २१ गते प्रदेशसभा सचिवालयले विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाउने गरेको छ । मधेश प्रदेशसभामा कुल एक सय ७ सांसद छन् । तर, वार्षिकोत्सवमा अधिकांश सांसद् अनुपस्थित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय