अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ माघ २१, शनिबार १९:४० बजे

एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ :
वक्ताहरुले वैश्य भनेर जात नभई समुदायलाई दर्शाउने भएकाले नियोजित रुपमा समुदायका लोकप्रिय क्याडरहरुलाई पराजित गर्न भुमिका निर्वाह गर्ने पात्रलाई समुदायका अगुवाहरुले सचेत गराउनुपर्ने बताएका छन् ।

जनकपुरधाममा नेपाल वैश्य युवा संघद्वारा आयोजित संघको केन्द्रिय विस्तारित बैठक तथा अभिनन्दन समारोहलाई सम्बोधन गर्दै समुदायका अगुवाहरुले कसैको पैसा खाएर, अनाहक ईशर््या र इगोका कारण परिचालित भएर समुदायको सम्भावित विजेतालाई रोक्न काम विगतको निर्वाचनमा भएको भन्दै समिक्षा गर्नुपर्ने मांग गरेका छन् ।

वैश्य समुदायको कार्यक्रममा कहिल्यै नआउने मुख नदेखाउने तर चुनावमा वैश्य भनेर भोट माग्नेलाई मत दिन नहुने संघका अध्यक्ष दिलिपचन साहुले बताए । उनले जनकपुरधाममा गलत मनसाय र नियोजित हिसावले पुर्व लोकप्रिय सांसद परमेश्वर साहलाई पराजित गर्ने काम भएको समेत बताए ।

सो अवसरमा वैश्य कन्या छात्रावासका लागि जनकपुरधाममा करिव आठ करोड बराबरको चार कठ्ठा चार धुर जग्गादाता समाजसेवी ई प्रकाशचन्द्र साहले आफुहरुले जग्गा दान गरेर मात्र नहुने भन्दै सबै मिलेर छात्रावासको निर्माणमा सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रममा मधेश प्रदेशकी नवनियुक्त समाजिक विकास मन्त्री सुरिता कुमारी साहले वैश्य समुदायको प्रतिनिधित्व स्थापित हुदै गएको बताउदै आन्तिरक द्वन्द्व र सहि गलत छुटयाउन सके झन प्रगती हुने बताईन । कार्यक्रमका बिच उपस्थित वैश्य समुदायबाट गत स्थानिय र प्रदेश तथा संघिय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष, पालिका प्रमुख र उपप्रमुख सहित प्रदेश र संघका सांसद तथा मन्त्रीहरुलाई अभिनन्दन गरिएको छ ।

कार्यक्रममा प्रदेश सांसद किरण साह, निवर्तमान प्रदेश सांसद परमेश्वर साह, नेत्र विक्रम साह, निवर्तमान संघिय सांसद प्रमोद साह, पुर्व संघिय राज्यमन्त्री अरविन्द साह, मधेश कृषि विश्वविद्यालयका उपकुलपती डा. बैद्यनाथ महतो, राष्ट्रिय तेली कल्याण समाजका अध्यक्ष पर्साका विश्वनाथ साह सहित प्रदेश २ र मधेशका विभिन्न पालिकाका प्रमुखहरु सहितको उपस्थिती थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय