अपडेट 
नवनियुक्त अर्थमन्त्री महतद्धारा पदभार ग्रहण | यस्तो छ सीके राउतको जनमत पार्टी सरकारबाट वाहिरिनुको दुई कारण | कर्णालीका मुख्यमन्त्री शर्माले मागे विश्वासको मत | शीतल निवासमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ | दुई डिआईजीको सरुवा : लुम्बिनीमा जोशी बागमतीमा राणा | ओलम्पिक छनोटमा भियतनामसँग खेल्ने महिला टिम घोषणा | संसदमा रहेका सबै दलसँग विश्वासको मत माग्ने माओवादी कर्णाली संसदीय दलको निर्णय | प्रचण्डद्धारा सातौं पटक मन्त्रिपरिषद् विस्तार, यस्ता छन् नयाँ अनुहार | कमाण्डो तालिम पूरा गरेका प्रहरीहरुलाई आईजीपी कुँवरले भने – डेमोन्स्ट्रेसनमा देखाएका जस्तै जोशहरू कार्यक्षेत्रमा पनि कायमै राख्नु | एसईई चलिरहँदा प्रश्नपत्र बाहिरिएको विषयमा केन्द्राध्यक्षसहित ४ जना निलम्बित |
२०७९ माघ २२, आईतवार ११:४४ बजे

एसपी रिपोर्टर
जनकपुरधाम, माघ २१ :
मैथिली विकास कोषको नयाँ कार्यसमितिमा पूरानै अनुहार दोहरिएका छन् । कोषको अध्यक्षमा पुन: जीवनाथ चौधरी चौथो पटक चयन हुँदा सदस्य सचिव र सदस्यहरु पनि पूरानै अनुहार हुन् । जनकपुरधाममा सम्पन्न कोषको साधारण सभाद्वारा आगामी कार्यकालका लागि अध्यक्ष पदमा चौधरीलाई चौथो पटक सर्वसम्मत चयन गरिएको हो ।

यसअघि तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि जिम्मेवारी बहन गर्ने भएका छन् । प्रत्येक ३/३ वर्षमा हुने नयाँ कार्यसमितिको लागि यसअघि नै ९ वर्षको तिन कार्यकाल सम्हालेका चौधरी चौथो कार्यकालका लागि फेरि चयन भएका छन् । सर्वसम्मतिबाट भएको नयाँ कार्यसमितिको सदस्य सचिवमा साहित्यकार श्याम सुन्दर शशी चयन भएका छन् ।

कोषको सदस्यहरुमा शुनिल मल्लिक, नविन कुमार मिश्र, नित्यानन्द मण्डल, सुजित कुमार झा, पूनम झा मैथिली, अनिता रानी मण्डल, परमेश झा, विष्णुकान्त मिश्र, रामचन्द्र दास, पंकज महतो, मनमोहन साह, प्रमोद चौधरी र चयन भएका छन् । कार्यसमितिका एकजना सदस्य पछि मनोनित गरिने अध्यक्ष चौधरीले जानकारी दिए ।

साधारण सभाबाट तिन वर्षे कार्यकालको आर्थिक प्रतिवेदन कोषका अध्यक्ष जीवनाथ चौधरीले प्रस्तुत गरेका थिए भने प्रशासनिक तथा सांगाठनिक प्रतिवेदन सदस्य सचिव श्याम सुन्दर शशिले प्रस्तुत गरेका थिए । काषले प्रत्येक २ वर्षमा जनकपुर साहित्य कला महोत्सव, पुस्तक प्रकाशन, प्रत्येक वर्ष ५१०००/५१००० को दूई जना साहित्यकार लाई पुरस्कार वितरण लगायत कथा गोष्ठी, कवि गोष्ठी, अन्तरक्रिया जस्ता कार्यक्रम गर्दै आइरहेको छ ।

प्रदेश सरकारको सहयोगमा करिव ६ करोड़ ५० लाखको लागतमा कोषको सुविधा सम्पन्न भवन निर्माण भइरहेको छ । उक्त भवनमा मिथिला चित्रकलाको प्रशिक्षण र प्रदर्शनी, पुस्तकालय, नाट्यशाला लगायत मैथिली भाषा साहित्य सम्बन्धि अन्य विविध गतिविधिहरु हुने कोषका अध्यक्ष चौधरीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय