अपडेट 
अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड | ड्राइभर चिया खान झरेको बेला रेल आफैं ८० किलोमिटर गुडेपछि… | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | जगरनाथपुर गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु | अदालतमा हारपछि तालाबन्दी गरेर मेयरमाथि प्रहार | एसपी कुमोध ढुंगेलले सम्हाले पर्सा प्रहरीको कमाण्ड | पर्साको वीरगंजमा अनिश्चितकाल कर्फ्यू आदेश जारी | आम ट्रेड यूनियन फेडरेशन नेपालको महासचिवमा तेज नारायण थारु चयन | डिएसपी गोविन्द पन्थीलाई ‘अन्तर्राष्ट्रिय अनुसन्धान अवार्ड’ |
२०७९ माघ २२, आईतवार २१:३६ बजे

एसपी रिपोर्टर
जनकपुरधाम, माघ २२ :
प्रधानाध्यापक र वडाध्यक्ष बिचको स्वार्थको लडाई जनकपुरधामको एक विद्यालय राजनीतिक अखाडाको रुपमा परिणत भएको छ । जनकपुरधामको सकल भवन कन्या माध्यमिक विद्यालयमा प्रधानाध्यापक र वडाध्यक्ष सरकारी बजेटको विषयलाई लिएर आरोप प्रत्यारोपमा उतरिएपछि राजनीतिक अखाडाको रुपमा परिणत भएको हो ।

सो विद्यालयमा प्राविधिक शिक्षा तर्फको भवन निर्माणका लागि आएको बजेट विद्यालयबाट फिर्ता गरेपछि प्रधानाध्यापक र वडाअध्यक्ष वीचको विवाद उत्कर्षमा पुगेको हो । यी दुईबिचको विवाद विद्यालयमा तालाबन्दीदेखि ताला फोड्नेसम्म पुगेको छ ।
विद्यालयमा सिटिइभिटि अन्तर्गतको अध्ययन अध्यापनका लागि मधेश प्रदेश सरकारले गत आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो । तर समयमै भवन निर्माणको काम शुरु गर्न नसकेपछि प्रधानाध्यापकले रकम फिर्ता पठाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष अर्जुन चौधरी उनको बिरोधमा उतरिएका थिए । उनले प्रधानाध्यापकको कार्यकक्षमा ताला नै लगाए । तर सो ताला ५ दिनपछि स्थानीयवासी र प्रहरीको रोहबरमा ताला फुटाइएको छ ।
प्रधानाध्यापक मोदनारायण राउत र वडा अध्यक्ष अर्जुन चौधरीले एक अर्कामाथि सो बजेटमा मनोमानी गर्न खोजेको आरोप लगाइएको छ । प्रधानाध्यापक राउतले वडाअध्यक्ष चौधरीले रकमलाई आफु अनुकुल खर्च गर्न र भुक्तानी दिन दवाव दिदाँ आफुले रकम फिर्ता गरेको प्रतिक्रिया दिएका छन् ।

वडाअध्यक्ष चौधरीले विद्यालय र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको आरोप लगाउँदै रकम फिर्ता गर्नु प्रधानाध्यपाकको कार्यशैली र क्षमतामाथि नै प्रश्न उठेकाले प्रधानाध्यपकको विकल्प खोज्दा यस्तो अवस्था आएको बताउँछन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा अध्यक्ष चौधरीले विद्यालय भवन निर्माणका लागि आएको बजेट अनुसार कामका लागि उपभोक्ता समिति गठन गरेर काम अगाडी बढाउन भनेपछि प्रधानाध्यापकले गुपचुपरुपमा रकम फिर्ता गरेको आरोप लगाए ।

यता प्रहरीको रोहबरमा ताला फुटाएका स्थानीय महेन्द्र साहले वडाअध्यक्ष र प्रधानाध्यापकको आपसी विवादको शिकार विद्यार्थी बनेकाले ताल्चा फुटाएको बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय