छिपहरमाई १ मिर्जापुरमा नवनिर्मित बर्थिँङ सेन्टरको उद्घाटन।



धर्मेन्द्र प्रसाद यादव – वीरगंज, २४ मंसिर। पर्सा जिल्लाकै नमूना गाउँपालिकाको रुपमा रहेको छिपहरमाई गाउँपालिका–१ मिर्जापुरमा पाँचौ बर्थिङ सेन्टरको स्थापना गरिएको छ ।

नवनिर्मित बर्थिङ सेन्टरको एक कार्यक्रमको आयोजना गरी शुक्रबार प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी (एमाले) का जिल्ला सचिव तथा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ताले उद्घाटन गरेका छन् । सो कार्यक्रमका अध्यक्षता वडा नः १ का वडा अध्यक्ष राजबाली राउत अहिरले गरेका थिए भने प्रमुख अतिथि नेकपा एमालेका जिल्ला सचिव तथा छिपहारमाई गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता रहेका थिए ।

बर्थिङ सेन्टरको उद्घाटन गर्दै अध्यक्ष गुप्ताले छिपहरमाई गाउँपालिकाको पाँचैवटा  वडाहरुमा  बर्थिङ सेन्टर स्थापना गरिसकेको बताए । छिपहरमाई गाउँपालिका अध्यक्ष गुप्ताले भने आफू निर्वाचित भए देखि नै पाचै वटा वडाहरुमा  बर्थिङ्ग सेन्टर स्थापना गरिने दिएको वचन आज पाँचौ बर्थिङ सेन्टर उद्घाटन गरी पूरा गरेको  बताए। छिपहरमाई गाउँपालिकामा रहेको बर्थिङ्ग सेन्टरमा प्रसुती गराउन आउने महिलाहरुलाई प्रोत्साहन स्वरुप गाउँपालिका बाट दुई हजार नगद र राम्रो खाना समेत दिने गरेको छ । गाउँपालिकाले  एम.बि.बि.एस डाक्टरको बहालीको लागि भर्ना खोलीसकेको र  छिटै एम.बि.बि.एस डाक्टर भर्ना गरि स्वास्थ्य संस्थामा राखिने अध्यक्ष गुप्ताले प्रतिबधाता गर्नुभएको छ ।

स्वास्थ्य संस्थामा एम.बि.बि.एस डाक्टर बहाली भईसकेपछी यस क्षेत्रका जनताहरुले भारत र नेपालका बिरगंज, पोखरिया लगायत अन्य ठाउँहरुमा उपचार गराउन जानुपर्दैन आफ्नै ठाउँमा उपचार गराउन सक्ने अध्यक्ष गुप्ताले बताए ।

बर्थिङ्ग सेन्टर उदघाटन कार्यक्रममा , महेन्द्र साह कलवार, विनोद साह कानु, मौजीलाल साह, स्वास्थ संयोजक शम्भु साह,उपाध्यक्षका प्रतिनिधि समसुल मियाँ, पुर्व गाबिस अध्यक्ष पहलाद गुप्ता ,वडा सदस्य राजकिशोर यादव , विजय पटेल, सुबास साह, मंगानी यादव, चन्द्रिका यादव, जिल्ला सदस्य रामेश्वर साह ,नाजिर मियाँ ,मिर्जापुर प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक नवलकिशोर यादव , मिर्जापुर बिओपिका सई केशव खनाल ,पत्रकार लालबाबु बानियाँ, बर्थिङ्ग सेन्टरका डक्टर रामाकान्त महतो लगायत कर्मचारी र स्थानिय महिला पुरुषहरुको सहभागिता रहेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज