अपडेट 
प्रचलित कानूनबाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउनु : गृह मन्त्रालय | सशस्त्र र प्रहरीको सेटिङमा धनुषामा तस्करी | नेरुडे लघुवित्त सँस्था लिमिटेड : सम्झौता कार्यान्वयन नगरि उल्टै कर्मचारीमाथि दमन गर्दा ६ सय कर्मचारीहरु विचल्लीमा | भारतको बसन्तपुरमा आगो सल्काउँदा पर्साको भलुवहीयाँमा २ घरसहित कुखुरा फर्म र १० बिघा गँहु बाली जलेर सखाप | छिपहरमाईमा लक्ष्मी नारायण महायज्ञको जलयात्रा | उल्टो झण्डा झुन्डाउने यीनै हुन् मुख्यमन्त्री | ट्यांकरको ठक्करबाट प्रहरी जवान परियारको मृत्यु | छिपहरमाईमा रास्वपाको होली मिलन कार्यक्रम | अश्लिल भिडियो बनाएको आरोपमा छिपहरमाईबाट अहमद पक्राउ | महोत्तरीमा नयाँ एसपी गएलगत्तै घुसकाण्ड |
२०७८ असार ११, शुक्रबार १६:०६ बजे

बर्दिबास, असार ३ गते । महोत्तरीको बर्दिबास अस्पताल र त्यहाँ काम गर्ने स्वास्थ्यकर्मीहरुलाई विभिन्न संघसंस्थाहरुले स्वास्थ्य उपकरण र कोसेली प्रदान गरिएको छ । आज लाइन्स क्लव अफ बर्दिबासले अस्पताललाई पाँच थान वेड सेट प्रदान गरेको छ ।त्यसैगरि खुशी महिला बचत समूह बर्दिबासले ४२ जना स्वास्थ्यकर्मीहरुलाई चेवनपरास र सेनिटाइजर प्रदान गरेको छ ।

सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबास महोत्तरीको पहल र युएनडिपीको १६ लाख ५० हजार आर्थिक सहयोगमो ६ थान अक्सिजन कन्सन्ट्रेटर अस्पतालालाई सहयोग गरिएको हो ।
बर्दिबास नगरपालिकाका मेयर तथा अस्पताल विकास समितिका अध्यक्ष विदुर कुमार कार्कीलाई दाताहरुले एक समारोहका बीच ती स्वास्थ्य समाग्री हस्तान्तरण गरिएका हुन् ।
खुशी महिला बचत समूह बर्दिबासले एकिकृत नमूना मुसहर बस्तीलाई ठूलो परिमाणमा हात धुने तथा नुहाउने साबुन , माक्स र सेनिटाइजर प्रदान गरेको छ ।
बस्ती र अस्पतालमा गरिएको सहयोग समारोहमा प्रदेश सभा सदस्य सारदा देवी थापा लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय