अपडेट 
६ महिनामा २ सय बढी शिक्षकले गरे राजीनामा | लागूऔषध कारोबार आरोपमा सहायक हवल्दार पक्राउ | शहिदनगरको एक विद्यालयका प्र.अ लाई अभिभावकले दले कालोमोसो | पटेर्वासुगौली-४ मा सिकाई निरन्तरता अभियान पढाई मेला सम्पन्न। | पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य |
२०७८ मंसिर २४, शुक्रबार १२:०८ बजे

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश २ कार्यालय बर्दिबास कार्यालयका प्रहरी निरीक्षक राजु कुर्मी निलम्बनमा परेका छन् । प्रहरी आचरण बिपरीत क्रियाकलाप गरेको आरोपमा कुर्मी निलम्बनमा परेको प्रहरीले जनाएको छ ।

सिपाहीबाट सेवा प्रवेश गरेका कुर्मी प्रहरी सहायक निरीक्षकमा नाम निकाले, बढुवा हुँदै प्रहरी निरीक्षक भए । उनी सर्लाही जिल्ला प्रहरी कार्यालयको प्रशासनमा कार्यरत हुँदा पनि उनी विवादमा परेका थिए । सर्लाही जिल्ला अन्तर्गतका थानाचौकीका इन्चार्जदेखि घुमुवासँग पनि पैसा उठाउने गरेको आरोप लागेको थियो । सर्लाहीपछि उनी प्रदेश २ को अख्तियार कार्यालयमा सरुवा भए ।

अख्तियारमा गएपछि पनि उनको मुख्य ध्यान प्रदेश २ अन्तर्गतका ८ वटा जिल्लाका कनिष्ट प्रहरी अधिकृत कार्यालय प्रमुख हुने प्रहरी चौकीका इन्चार्जहरुसँग उजुरी परेको छ भन्दै मासिक ३ हजारका दरले उठाउने थियो ।  पछि घुसको रेट बढाउँदै चौकीका असई, सईसँग घुसको रेट बढाएर ५ हजार माग्न थाले । ५ हजार घुस माग्न थालेपछि पीडितले अख्तियारमै उजुरी दर्ता गरे ।

अख्तियार दुरुपयोग रोक्नुपर्ने निकायका प्रहरी निरीक्षकले नै अख्तियारको दुरुपयोग गरेको भनी उजुरीपछि कुर्मी प्रहरी प्रधान कार्यालयमा तानिए । कुर्मीले प्रदेश २ अन्तर्गतका प्रहरीसँग घुस माग्ने, नदिए बेनामी उजुरी हालेर दुःख दिने गरेको खुलेको छ ।

कुर्मी तानिएपछि छानबिन गर्दा उनले प्रदेश २ प्रहरीका तल्ला तहमा अख्तियारको नाममा आतंक नै मच्चाएको फेलापारेपछि उनका बिरुद्ध मुद्दा नै दायर गर्नुपर्ने निष्कर्षमा पुगिसकेको र निलम्बन  गर्नका लागि प्रहरी प्रधान कार्यालयलाई पत्र पठाएको छ ।

अख्तियारको पत्रपछि प्रहरी प्रधान कार्यालयले उनलाई निलम्बन गरेको छ । प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले इन्स्पेक्टर कुर्मीलाई बुधबार (मंसिर २२ गते) निलम्बन गरिएको बताए । उनले भने–‘आर्थिक अनियमितता र प्रहरी आचरण बिपरीतको क्रियाकलाप गरेको पाइएपछि कुर्मीलाई निलम्बन गरिएको छ । प्रहरी संगठनकै बिरुद्ध समेत उनले क्रियाकलाप गरेको फेलापरेको छ ।’ साभारःनेपालफेस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय