अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ मंसिर २६, आईतवार १०:१२ बजे

बिरगंज , २६ मंसिर। पर्सा जिल्ला बिरगंज महानगर पालिका वडा न.२ छपकैया स्थित सन्सारिमाई मन्दिर परिसरमा मन्दिर वरिपरि टायल्स , मार्बल तथा मर्मत सम्भार निर्माण कार्य सम्पन्न भएकोमा पर्सा जिल्ला संसदीय निर्वाचन क्षेत्र न.१ का सान्सद माननीय प्रदिप यादव ज्युको बाहुलिबाट आज एक कार्यक्रमको आयोजना गरि उदघाटन गर्नु भएको थियो ।

मा. यादवले बिरगंज महानगर भित्र यतिका ठुलो मन्दिर र सबै देबि देउता एकै ठाउमा भएको यो पहिलो मन्दिर रहेको र यसलाई बेलैमा मर्मत सम्भार नगरे यसको अस्थित्व समाप्त हुने हुदा ओझेलमा परेको यस मन्दिरलाई सबैले मिलेर संरक्षण गर्न आग्रह गर्नु भएको थियो ।

मन्दिर सबैको साझा भएको हुदा सबै यसको जिम्मेवार हुने हुदा आफुले मन्दिरको लागि जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

सो कार्यक्रममा छपकैया गुठिका अध्यक्ष धिरज शर्मा , सचिव अजित भुजेल , सदस्य प्रकाश शाह , सुनिल सुबेदि , कृण कार्कि , सामुदायिक सेवा केन्द्र छपकैया-२ का कोषाध्यक्ष प्रेमा सिंह , वडा सदस्य मुस्तफा अन्सारी , युवा नेता शेष जल्सोदिन , समाजसेवी राजदेव चौरसिया, ताराचन्द माबिका व्यवस्थापन समितिका अध्यक्ष ताज महमद , पत्रकार जगत राई , दिलिप प्रधान , स्थानीय भद्र भलादमिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय