वीरगंज,२६ मंसिर । पर्सा प्रहरीले स्रोत नखुलेको रकम सहित वीरगञ्जबाट दुई जना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिकाम वडा नं.१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र सोही वडाका ४४ वर्षिय ओमप्रकाश गुप्ता रहेका छन् ।
स्रोत नखुलेको रकम लिएर वीरगंज महानगरपालिका वडा नः८ घण्टाघर स्थित सडकखण्डमा घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको मोटरसाइकलमालाई
शंका लागी रोकी जाँच गर्दा
साहले बोकेको ब्यागबाट श्रोत नखुलेको नेपाली रू.१८,००,०००।– (अठार ला
ख) उनिहरुको साथबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए ।
कालो रंगको ना.१६ प५४४६_नम्बरको मोटरसाईकलमा जाँदै गरेको उनिहरुलाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
शनिवार दिउसो पक्राउ गरिएका साह र गुप्ता माथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धको कसुरमा अनुसन्धानअगाडि बढाईएको डिएसपी खनालले बताए ।