जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई अध्यक्ष गुप्ताले गरे सम्मान।



धर्मेन्द्र प्रसाद यादव – भिस्वा, ११ पुष।छिपहरमाई गाउँपालिका भरिका सम्पुर्ण जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई कम्बल,छाता र टच लाईट बितरण गर्ने कार्यक्रम अनुसार आज छिपहरमाई गाउँपालिकाको वार्ड नः ४ तुल्सीबर्वाका सम्पुर्ण जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा आंशिक अपाङ्गलाई अध्यक्ष गुप्ताले कम्बल,छाता र टच लाईट बितरण गरि सम्मान कार्यक्रम सम्पन गर्नुभएको छ।

छिपहरमाई गाउँपालिकाको आयोजनामा ४ नः वडाभित्र रहेका २ सय ७६ जना जेष्ठ नागरिक, एकल महिला, अपाङ्ग तथा आंशिक अपाङ्गलाई आईतबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

छिपहरमाई गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष बालक राउत गद्दीको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेकपा एमालेका जिल्ला सचिव तथा गाउँपालिका अध्यक्ष मनोज कुमार गुप्ता रहनु भएको थियो ।

कार्यक्रमको सञ्चालन मकबुल मियाले गर्नुभएको थियो । कार्यक्रममा रामनाथ राउत कुर्मी,पँचानँद पाण्डे ,जँगालि दुवे,रामबहादुर साह , नेपाल प्रहरीलगायतका विभिन्न  सरोकारवालाहरुको सहभागिता रहेको रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज