अपडेट 
मधेश प्रदेशबाट मौलायो हुण्डी कारोबार, स्रोत नखुलेको १० लाख रुपैयाँसहित भारतीय पक्राउ | दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण |
२०७८ पुष १५, बिहीबार १७:०२ बजे

काठमाडौं, १५ पौष । निर्मल लामा बहुप्राविधिक शिक्षालयमा रहेको जनयुद्धका सहिद रामबृक्ष यादव (मास्टरसाब) को शालिक हटाइएको विषय नेकपा माओवादी केन्द्रका जारी महाधिवेशनमा पनि उठेको छ ।

जारी महाधिवेशनको बन्दसत्रमा एक समूहका नेता रहेका पुर्वमन्त्री सत्यनारायण भगतले सहिद यादवको सालिक हटाएकोप्रती खेद प्रकट गरेका छन् । स्रोतका अनुसार भगतले यादवको सालिक हटाउनु गलत रहेको र पुनःस्थापना गर्न माग गरेका छन् । उनले समूह छलफलको निष्कर्ष सुनाउने क्रममा सालिक हटाएकोप्रति खेद व्यक्त गर्दै भनेका थिए, ‘सहिद सबैको साझा हुन्छ । कुनै जात धर्म वा समुदायको हुँदैनन ।’

शिक्षालयमा रहेको सहिद यादवको शालिक केही समय अगाडि हटाइएको थियो ।

सालिक हटेपछि पार्टीभित्र व्यापक आलोचना खेपेका थिए, तत्कालीन शिक्षा मन्त्री एवम् माओवादी नेता गिरीराजमणि पोखरेल ।

महोत्तरीबाट बारम्बार सांसद भएका उनीले नै आफू शिक्षामन्त्री हुँदा निर्मल लामा बहुप्राविधिक शिक्षालयको स्थापना गरेका थिए । शिक्षालय स्थापनापछि त्यहाँ रहेको जनयुद्धका सहिद यादवको सालिक उनकै योजनामा त्यहाँबाट हटाइएको थियो ।

सरुवा गरेजस्तै सहिद यादवको सालिक हटाएको पोखरेलमाथि आरोप लाग्दै आएको छ ।

जसको बलमा गणतन्त्र आयो, आज ती सहिदहरुको सालिक हटाउनु गलत रहेको एक पुर्व माओवादी लडाकुले बताए । उनी भन्छन्, ‘जनयुद्ध नलडेर होला पोखरेलले जनयुद्धको मर्म बुझेनन् ।’

नरायणकाजी श्रेष्ठले नेतृत्व गरेको पार्टीबाट आएका नेता हुन् गिरिराजमणि पोखरेल । पछिलो समय शिक्षा र स्वास्थ मन्त्रालयको जिम्मेवारीमा सम्हालेका नेता पोखरेल बौद्धिक वर्गका नेता मानिन्छन् तर जनयुद्धको लिगेसीलाई आत्मसात नगर्नु उनको कमजोरी रहेको माओवादीको नेताको आरोप छ ।

परिवर्तनको लागि भएका सहिद सबैका साझा हुने भएकाले गर्दछन त्यही भएर सालिक हटाउन नहुने माओवादी नेताहरु तर्क गर्छन् ।

जनयुद्धको समयमा रामबृक्ष ब्रिगेडले नै मधेसलगायतको ठाउमा मोर्चा सम्हालेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय