अपडेट 
मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी |
२०७८ असार ११, शुक्रबार १६:०७ बजे

दमौली : व्यास ९ मा एक आश्चर्यजनक बलात्कारको घटना सार्वजनिक भएको छ । छ वर्षीया बालिका बालात्कारको गरेको आरोपमा ५६ वर्षीय उनकै काका पक्राउ परे पछि घटना सार्वजनिक भएको हो । घटना गत असार ६ गतेको हो। ती पुरुषले आफ्नै भाइकी छोरी बलात्कार गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। आमा खेतमा गएका बेला ती पुरुषले भतिजीमाथि बलात्कार गरेका थिए ।

बालिकाका बुवा भने काठमाडौंमा छन् । घरमा कोही नभएको मौका छोपी ती पुरुषले बलात्कार गरेको खुलेको प्रहरी नायब उपरीक्षक लिलाराज लामिछानेले बताए । घटना भएकै दिन साँझ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

बालिकाको भने केही दिनअघि दमौलीमा उपचार गरिएको छ । व्यास ९ का वडाध्यक्ष सुरेश थापाले घटना सुनेपछि निष्पक्ष अनुसन्धानका लागि प्रहरीलाई सघाएको बताए । ‘यस्तो घटनामा कोही कसैको पनि दबाब रहँदैन,’ उनले भने,‘अनुसन्धानमा प्रहरीलाई सघाएका छौं ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय