महोत्तरीको गौशालामा प्रदेश स्तरिय फुटबल खेलको उद्दघाटन



धर्मेन्द्र कुमार यादव- महोत्तरी,
कुलतमा लागेका युवाहरुलाइ खेलकुदमा लागि बिकास गर्ने लक्ष्यका साथ गौशाला नगरपालिकामा सुक्रवार देखी प्रदेश स्तरिय फुयबल खेलको उद्दघाटन गरिएको छ। १० औं स्व राम लखन स्मृतीलाई लक्षित गरी विरता स्पोर्टस क्लव गौशालाको आयोजनामा प्रदेश स्तरीय फुटबल प्रतियोगिता संचालन भएको छ। खेलको उद्घाटन गौशाला नगरपालिका वडा ४ का वडा अध्यक्ष रामबाबु साहले गरेका छन।              सुरु भएका प्रदेश स्तरिय फुटबल खेलमा  प्रदेश नं का २६ वटा टीम सहभागी हुने भएका छ्न। आज भएका उद्दघाटन खेलमा सुर्यदिप युवा क्लव सर्लाहीले  पंचधुरा यूवा क्लव माईस्थान महोत्तरी लाइ २-० गोलले पराजित गरेका छन। सर्लाहीको तर्फ बाट विक्की चौधरी र मनिष सिंहले गोल गरेका थिए।             

फुटबल खेल खेलाउने प्रमुख उदेश्य भनेको कुलतमा लागेका युवाहरुलाइ खेल जगतमा लागि युवा पिढी लाई बिकास गर्नु हो, प्रदेश स्तरिय खेल भए पनि खेलमा नगरपालिका कार्यालयबाट कुनै किसिमको सहयोग नपाएकोमा दुख लागेको कुरा विरता स्पोर्टस क्लव गौशालाका सचिव इन्दल कुमार राउतले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज