अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७८ असार ११, शुक्रबार १६:०८ बजे

काठमाडौं ः शुक्रबार चीनको एक मार्सल आर्ट केन्द्रमा आगलागी हुँदा १८ जनाको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको जेङचेङ क्षेत्रस्थित मार्सल आर्ट केन्द्रमा आगलागी भएको हो । उक्त आगलागीमा परी मृत्यु हुनेमा अधिकांश बालबालिका छन् ।

स्थानीय समयअनुसार शुक्रबार बिहान ३ बजे आगलागी सुरु भएको थियो । उक्त आगलागी नियन्त्रणमा आइसकेको हेनान प्रान्तको सरकारले बताएको छ । यद्यपि के कारणले आगलागी भएको थियो भन्ने खुलेको छैन । यो घटनामा थप १६ जना घाइते भएका छन् । जसमध्ये चार जनाको अवस्था गम्भीर छ ।

यस विषयमा मार्सल आर्ट केन्द्रले भने केही बताएको छैन । चीनमा बेलाबेलामा यस किसिमका आगलागीका घटनाहरु हुँदै आएका छन् । विशेषगरी पर्याप्त सुरक्षा मापदण्डको प्रयोग नगरिनु र स्तरीय पूर्वाधारको अभावको कारण यस्ता घटनाहरु हुने गरेका छन् ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय