२०७८ पुष १९, सोमबार ०८:४९ बजे

धर्मेन्द्र कुमार यादव- महोत्तरी,
विगत केही दिनयता बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेपछि महोत्तरीको सोनमा गाउपालिकामा मंगलवार देखि चार दिनका लागि सबै सामुदायिक विद्यालयमा बिदा दिइएको छ ।

गाउँ पालिकाको शिक्षा शाखा प्रमुख राजकुमार साहले सूचना प्रकाशित गरी अत्यधिक चिसो र शीतलहरलाई दृष्टिगत गर्दै पुस २० देखि २३ गते सम्म गाउँ पालिका भित्रका सम्पूर्ण विद्यालयमा बिदा दिएको जानकारी दिए । वर्षे बिदाबाट कटौती हुनेगरी नगर भरिका विद्यालयमा बिदा दिइएको शिक्षा शाखा प्रमुख साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय