अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७८ माघ १४, शुक्रबार ०५:३६ बजे

वीरगंज – पर्सा जिल्लामा नया सरूवा भएर आएका सशस्त्र प्रहरी बल नम्बर १३ गणका गणती सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेल बिओपीहरुमा निरीक्षण गर्दै सीमानाकामा निगरानी बढाउन र नाकामा हुने अवैध गतिविधि चोरी तस्करी रोक्न निर्देशन दिएकै बेला उनकै मातहत पर्ने भिस्वा बीओपी निरीक्षक राजेश्वर साहले आदेशलाई लतियाउदै तस्करी खुल्ला गरेको पाइएको एक घटनाले उजागर पारेको छ ।

पर्सा जिल्लाको छिपहारमाई गाउँपालिकामा पर्ने भिस्वा नाकाबाट भिस्वा बंजारी बिओपिका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहकै संरक्षणमा तस्करी भइरहेको र पक्राउ परेका समान मोटो रकम बुझेर छोडेको आरोप लागेको छ।

हिजो बिहीबार दिनको १ बजेको समयमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा एउटा मोटरसाइकल र ३ बोरा रिफाईन र किराना आईटम  डियुटीमा खटेका सशस्त्र प्रहरी हवल्दारले समातेर बिओपिमा  ल्याएको थियो।

तर उक्त तस्करीको समान र मोटरसाइकल केही बेरमै इन्स्पेक्टर साहको आदेशमा  छोडिएको बुझिएको छ । सशस्त्र प्रहरीले माल समातेको कुरो सुनेर रिपोर्टिङको लागि गएको पत्रकारले पक्राउ परेका समानको बारेमा जानकारी लिन खोज्दा त्यहा डियुटीमा रहेको सशस्त्र प्रहरीका हवल्दारले भने मेरो मोबाईलमा इन्स्पेक्टर साहेबले कल गरेर छोड्न भनेपछि आफू सरको आदेशमा छोडेको ती हवल्दारले बताए।

सो क्षेत्रबाट तस्करी फस्टाएको एक व्यक्तिले नाम नखोल्ने सर्तमा बताएका छन्।सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साहको मिलोमतोमा भारतबाट किराना आईटम,  इलेक्ट्रोनिक पार्टस, गाडीका पार्टस,लताकपडा , र नेपालबाट पेट्रोल, डिजेलको  तस्करी भइरहेको एक स्थानीयले बताएका छन्।

यस विषयमा सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेल सँग बुझ्दा आफू मिटिङ्गमा भएको बताउदै यस विषय केही छिनमै बुझ्ने बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय