२०७८ माघ १४, शुक्रबार १०:१६ बजे

बिरगंज । पर्साको धोबिनी गाऊपालिका वडा नम्बर १ का वडा सदस्य शान्ति देबीका पति धर्मन राउत कुर्मीलगायतका स्थानीय ठेकेदार र गाऊँलेहरुले गाऊँपालिकाका योजना शाखा प्रमुखमाथी आक्रमण गरेका छन्।

धोबिनी गाऊँपालिकाका योजना शाखा प्रमुख पप्पू कुमार पटेललाई वडा सदस्यका पति कुर्मीले कार्यकक्षमै आएर नानाथरीका गाली गलोज गरी , जानले मार्ने जस्ता धमकी दिएका छन ।
गाऊपालिकाले मोटर खरिदको कोटेशन आफ्नो पक्षमा पार्न कुर्मीले योजना शाखा प्रमुखमाथी आक्रमण गरेको स्रोतले बताएको छ। ‘कोटेसन अरुलाई नदिन दबाब आएको थियो’, योजना शाखा प्रमुखले भने, ‘अन्य व्यवसायीको पनि फारम बुझ्यो भनेर आक्रमण भयो।’

कुर्मीले कमिसन लिएको ठेकेदारलाई कोटेसन दिन भनेका थियो । कमिसन लिएको ठेकेदारलाई कोटेसन नपाऊँदा कुर्मी आक्रोसित भई योजना शाखा प्रमुखलाई कूटपिट गरी अर्कों कार्यआदेश लीन झुंड बनाई गाऊपालिका कार्यलयमा पुगेका थिए ।

गाऊपालिका कार्यलय पुगी कुर्मीले उनलाई कार्यलय कक्षमा घेरी अर्कों कार्यआदेश बनाऊँन दबाव शवरूप गालीग्लोज गरी जानले मार्ने जस्ता खालका धाक धमकी दिएका थिए । कुर्मी लगायत उनका संगै गाऊपालिका पुगेका ब्यक्तिहरुले २ बजे देखी ४ बजेसम्म योजना शाखा प्रमुखलाई उनकै कार्यलयकक्षमा घेरी राखेका थिए ।४ बजे तीर प्रहरीले खबर पाई गाऊपालिकामा गई योजना शाखा प्रमुखलाई सकोटिंग गरी उनलाई त्याहाँबाट निकालेको थियो ।

धोबिनी गाऊँपालिकाले मोटर खरिदका लागि ५ लाखको कोटेसनको गत १२ गते कार्यआदेश अर्कों ठेकेदारलाई दीईसकेको थियो । कुर्मीको समूहले अरु कसैलाई आवेदन दर्ता गर्र्न नदिई कोटेसन आफै हत्याउने योजना अनुरुप कर्मचारीमाथि आक्रमण गरेको गाऊँपालिकाले जनाएको छ । यस बिषयमा थप जानकरी लीनका लागी वडा सदस्यका पति कुर्मीसंग सम्पर्क गर्न खोजदा सम्पर्क हुन सकेन ।

पर्सा जिल्लाको प्राय जसो गाऊपालिकामा महिला जनप्रतिनिधिको ठाऊमा उनकै श्रीमान हरुले काम काज गर्दै आएका छन । निर्वाचित महिला लाई नै काम काज गराउन सम्बन्धी निकायको ध्यान पुग्न ज़रूरी रहेको समाजसेवीहरूले बताएका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय