अपडेट 
वीरगंजमा न्यूज २४ टेलिभिजन प्रादेशिक कार्यालय संचालन, यस टेलिभिजन आवाजविहीनहरुको आवाज बन्न सहोस् : मुख्यमन्त्री सिंह | संगठनको आडमा मिर्मिरे लघुवित्त कर्मचारीहरुको गुण्डागर्दी, ‘नेरुडे मिर्मिरे’ लघुवित्तमा भाँडभैलो ! | नेपाली कांग्रस पर्साकाे विकाश शाखा प्रमुखमा युवा नेता नविन सिंह | व्यापारीहरुमा आतँक फैलाएको गुनासो बढेपछि सरुवा गरिएका अधिकृत भण्डारी शक्तिकेन्द्र धाउँदै | डिआइजी पोखरेल संकटमा : पैसा उठाउने बिचौलिया थुनामा, घुमुवाहरू हेडक्वार्टर तानिए | कृष्णाष्टमीमा बोलाईएको प्रिति पासवान र निरुता साहको कार्यक्रम रद्द | मुख्यमन्त्रीको छड्के जाँचमा अस्पतालमा चिकित्सक भेटिएनन् | जटही नाकामा प्रहरीकै संलग्नतामा खुलेआम तस्करी ! | डा. हुसेनलाई प्रहरीले पक्राउ गरेको विषयमा अस्पताललाई बद्नाम गर्न खोजियो : न्यूरो अस्पताल | अन्यायपूर्वक अवकाश दिन लागिएको भन्दै पाँच एसएसपीसहित २१ प्रहरी अधिकृत सर्वोच्चमा |
२०७८ माघ १४, शुक्रबार १९:१७ बजे

वीरगञ्ज– पर्सा प्रहरीको सक्रियतामा जिल्लाको विभिन्न स्थानबाट अवैध लागूऔषध गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले हिजो बिहीबार बहुदरमाई नगरपालिका वडा नं.९ विश्रामपुर मौजे बस्ने गणेश साह कलवारको एक तल्ले घरमा लागु औषध गाँजाको विक्री वितरण गरिरहेको भन्ने विशेष सूचनाको आधारमा छापामारी गर्दा उक्त घरको पूर्वपट्टीको कोठाको खाटमुनी सुनियोजित तरिकाले लुकाइ छिपाई राखिएको  ७४ किलो गाँजा सहित निज गणेश साह कलवार र निजको छोरा वर्ष ३४ को सन्तोष साह कलवार समेतलाई नियन्त्रणमा लिई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी ओमप्रकाश खनाल जानकारी दिए ।

साथै, प्रहरी चौकी अमरपट्टीबाट खटिएको पैदल गस्ती टोलीले ७ किलो गाँजा सहित २ जनालाई पक्राउ गरेको छ।

नेपालबाट भारततर्फ शंकास्पदरूपमा जाँदै गरेका  व्यक्तिहरुलाई विन्दावासिनी गा.पा.४ अमरपट्टीबाट झौवा जाने बाटोमा रोकी चेकजाँच गर्दा निजहरूले  बोकेको झोलाबाट  ७ किलो लागू औषध गाँजा बरामद भएको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्लाको सखुवाप्रसौनी गा.पा.१ दोहोरी टोल बस्ने अ. बर्ष ३५ को सुरेश दास र भारत विहार जिल्ला मोतिहारी भेलाही थाना १ बस्ने वर्ष ४२ को दसाही दास रहेका छन ।पक्राउ परेका व्यक्तिहरु माथि ई.प्र.का.पोखरियाबाट लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय