
काठमाण्डौ – सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल प्रसाद तिउसीनालाई दिइएको छ ।
यसअघि प्रवक्ता रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकास पाएपछि रिक्त रहेको प्रवक्तामा तिउसीनालाई जिम्मेवारी दिइएको हो ।
कामु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक तिउसीनालाई मोबाईल नम्बर ९८५१२७२००७ मा सम्पर्क गर्न सकिने छ ।
संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको बलले जनाएको छ ।
प्रतिक्रिया!