अपडेट 
दुर्गा प्रसाईंको आन्दोलनमा ३८ जना घाइते, अधिकांश बाराका महिला | छिपहरमाईकाे खाता संचालन नहुँदा आर्थिक कामकाज प्रभावित | पर्साका स्थानीय तह झोले संस्थाहरुको कब्जामा, कमिसनको भरमा पालिकाहरूको करोडौँ बजेट लुट्दै। | महोत्तरी : असई बच्चा यादवले पेस्तोल चलाउँदा प्रहरी जवान घाइते | वडा सचिवको काम :-श्रीमान् जीवित हुँदै मृत्यु दर्ताको नक्कली प्रमाणपत्र बनाएर ४५ हजार झ्वाम | छिपहरमाई गाउँपालिकामा निमित प्रमुख प्रशासकिय अधिकृत बनाउने याेजना विफल | छिपहरमाई गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत ठाकुर हाजिर | महोत्तरी प्रहरीको हिरासतमा थुनुवाहरुकाे लागि पुस्तकालय स्थापना | घुमुवा प्रहरीसम्बन्धी कानुन बनाउन सर्वाेच्चद्वारा ध्यानाकर्षण | नेपाल प्रहरीका एसपी नै १२ दिनदेखि थुनामा, यस्तो छ कारण |
२०७८ फाल्गुन ७, शनिबार १९:०० बजे

कलैया – ७ फागुन । महागढीमाई नगरपालिका १ नः वडाका मृगौला पिडित  ३५ बर्षिय श्रीनिवास प्रसाद साहलाई महागढीमाई फाउन्डेसन नेपाल र लायन्स कल्ब अफ गढीमाईले संयुक्त रुपमा अभियान सञ्चालन गरी संकलित रकम आर्थिक सहयोग स्वरुप शनिबार चेक हस्तांतरण गरेका छन।

महागढीमाई फाउन्डेसन नेपाल र लायन्स कल्ब अफ गढीमाईले संयुक्त रुपमाले विगत केही दिन देखि संचालन गरेको श्रीनिवास प्रसाद साह बचाउँ अभियानमा विभिन्न संघसंस्थाहरू तथा व्यक्तिगत रुपमा विभिन्न दात्ताहरुसंग उठाईएको  कुल ८ लाख ३७ हजार, ६ सय ७० रुपैयाको चेक  महागढीमाई नगरपालिका वडा नं. २ मा रहेको श्री महेन्द्र प्राविको प्राङ्गणमा एक कार्यक्रमको आयोजना गरी स्थानियहरुको उपस्थितिमा शनिबार रकम हस्तांतरण गरिएको सुबास यादवले जानकारी दिए ।

पिडित श्रीनिवास प्रसाद साहको बिगत ६ महिना देखि दुवै मृगौलाले काम गर्न छोडेको र उपचारमा समेत आर्थिक अवस्था नाजुक रहेकोले सकस भएको भन्दै सहयोग गरिएको जानकारी गराइएको छ।

उपचारको क्रममा भए भरको सम्पत्ति समेत बिक्री गरिएको आवस्थामा पनि सम्भव नभए पछि परिवारजनले आर्थिक सहयोगको अपिल गरेकोले सो सहयोग जम्मा गरिएको थियो।

संघसंस्थाद्वारा हस्तान्तरित रकम बुझ्दै पिडित साहले सम्पुर्ण दाताहरु प्रति आभार व्यक्त गरे ।

निज साहको जीवन वचाउन सहयोग प्रदान गर्नुहुने सम्पूर्ण दयालु महानुभावहरु र सहयोगी सँघ संस्थाहरुप्रति अभियान्ता शिवमंगल यादवले धैरै धेरै धन्यवाद व्यक्त समेत गर्नुभएको छ ।

शिवमंगल यादवको अध्यक्षतामा गरिएको चेक हस्तांतरण कार्यक्रममा सुबास यादव, जयराम कुशवाहा ,राकेश कुशवाहा, अमिचन महतो, अबताब आलम, अमित कुशवाहा,ओम नारायण चौरसिया , मिथिलेश स्वर्णकार लगायतको उपसतिथि रहेको थियो भने उक्त कार्यक्रमको सञ्चालन जियालाल कुशवाहाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय