हैण्ड बल खेल्न जाने खेलाडीहरुलाइ लोसपा नेताहरु द्वारा स्वागत तथा बिदाई



धर्मेन्द्र कुमार यादव-महोत्तरी,
प्रदेश स्तरिय हैण्डबल प्रतियोगिता खेल्न खेल्न जाने खेलाडीहरुलाइ लोसपा नेताहरु द्वारा महोत्तरीमा स्वागत तथा बिदाई गरेका छन। प्रदेश नं १ को उदयपुर जिल्लाको बेलटारमा आयोजित हैण्डबल खेल्न जाने मधेष प्रदेशका खेलाडीहरुलाइ महोत्तरीको गौशाला १२ मा भव्य स्वागत सहित बिदाइ गरेका छ्न।

महोत्तरी गौशाला नगरपालिकाको कान्तिबजार बिद्यालयामा आयोजित स्वागत तथा बिदाइ कार्यक्रममा पुरुष तथा महिला खेलाडीहरुलाइ खादा अबिर लगाइ स्वागत तथा बिदाइ गरिएको छ।

सुर्य नरायन महतोको नेतृत्वमा रहेका पुरुष हैण्डबल खेलमा रुजन चौधरी, बिन्दु चौधरी, श्रवन महतो, रवी पटेल, रन्जित यादव लगायत १२ सदस्यिय खेलाडी सहभागी हुनेछ त्यस्तै महिला हैण्डबल खेलमा सुनिमा पुलामीको नेतृत्वमा सुजाता सुराङ्गी, रेवती तमाङ, अशा लामा, सृजना लामा लगयत १२ सदस्यिय खेलाडी सहभगी हुनेछ। पुरुष र महिला टिमको मुख्य कोचको रुपमा लक्ष्मन गौतम रहेका छन।

स्वागत तथा बिदाइ कार्यक्रममा लोसपा नेपालका केन्द्रीय सदस्य देवनरायन महतोले पाच हजार नगद, नगर उपाध्यक्ष दिपनरायन पटेलले रु पाच हजार नगद, लोसपा नेपालको गौशाला न पा १२ का वाड संयोजक लाले लामाले पाच हजार नगद, समाजसेवी ललित महतोले दस हजार नगद, त्यस्तै खेलाडीहरु लाई माओबादीका प्रदेश समिती सदस्य बिष्नु लामाले ड्रेश प्रदान गरिएको तथा लोसपा वडा उपाध्यक्ष लक्षमन महतो र समाजसेवी धनमान लो ले खादा सहयोग गरेका कुरा युवा नेता दिपलाल महतोले बताएका छन।

प्रादेश स्तरिय हैण्डबल खेलमा प्रथम हुने टिमला पचास हजार नगद र कप र दोस्रो हुने टिम लाई तीस हजार नगद र कप प्रदान गरिने कुरा कोच लक्ष्मन गौतमले बताएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज