
धर्मेन्द्र कुमार यादव-महोत्तरी,
महोत्तरी जिल्लाको सोनमा गाउपालिकामा काव्या होस्पिटलको संचालनमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएका छन।
श्री जनता अधारभूत बिद्यालयमा तथा आदर्श युवा क्लव सोनमाको आयोजनामा सन्चालन भएका स्वास्थ्य शिविरमा स्त्री तथा प्रसुती रोग,जेनरल सर्जन, बाल रोग, छाला रोग, हाड जोर्नी तथा नशा रोग, जेनरल फिजिसियन आदि रोगको नि:शुल्क चेकजाच गरिएको थियो। नि:शुल्क स्वाथ्य शिविरमा जम्मा ६२६ जना लाई चेकजाच गरिएको छ जस मध्ये पुरुष ४०१ जना र महिला २२५ जना रहेको छ। शिविरमा एक जना लाई खुट्टामा पलास्टर गरिएको तथा एक जना महिलालाइ सलाइनिङ समेत गरिएको कुरा आयोजकले जनाएको छ।
स्थानिय युवा नेता दिपनरायन मण्डल तथा लोसपा को केन्द्रीय सदस्य बिशेश्वर प्रसाद यादवको बिशेष पहलमा नि:शुल्क सिविर आयोजना गरिएको थियो। शिविर सन्चालन गर्न सहयोग गरिएको नेता तथा क्लवका सदस्यहरुलाइ कव्या होस्पिटल द्वारा खादा र अबिर लगाइ सम्मान समेत गरिएको थियो।