सवारी दुर्घटनामा एक जनाको मृत्यु एक जना घाईते



धर्मेन्द्र कुमार यादव-महोत्तरी,
महोत्तरीमा सवारी दुर्घटनामा परी एक जना मानिसको मृत्यु भएको छ भने एक जना घाईते भएका छन।

महोत्तरी औरही न.पा. वडा नं. ४ स्थित माईस्थान सम्सी सडक खण्डमा गौशालाबाट सम्सी तर्फ जाँदै गरेको प्र.२-०२-००३ प.५१५९ नं. को मोटरसाईकल र बिपरित दिशा तर्फ बाट आउँदै गरेको ना. ५ ख ७७२७ नं. को ट्रक एक आपसमा ठक्कर खाई दुर्घटना हुदाँ मोटरसाईकल चालक चालकको मृत्यु भएको छ भने मोटरसाइकलको पछाडी बसेका एक जना घाइते भएका छन। मृत्यु हुनेमा गौशाला न.पा. वडा नं. २ निगौल बस्ने बर्ष ४० को रामपुनित ठाकुर घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ। सोही मोटरसाईकलमा पछाडी सवार निज मृतक ठाकुरकै श्रीमती बर्ष ३८ कि उर्मिला ठाकुर घाईते भई प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ। घाइते उर्मिलाको अवस्था मध्यम रहेको छ।

मोटरसाईकल, ट्रक र चालक ईलाका प्रहरी कार्यालय गौशालाको नियन्त्रणमा लिएको छ र सो घटना सम्बन्धामा थप अनुसन्धान भई रहेको कुरा जिल्ला  प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रकाश बिष्टले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज