
वीरगंज – पर्सा प्रहरीले मोटरसाईकल चोर धमाधम पक्राउ र मो.सा. चोरी नियन्त्रण अभियान चलाईरहेकै बेला चोरहरुले प्रहरीलाई नै चुनौती दिदै वीरगंज नगर क्षेत्रबाट हिजो राती १०:३० बजेको समयमा एउटा मोटरसाईकल चोरी गरेका छन ।
वीरगंजको वार्ड नः ९ पान गलीमा पार्किङ्ग गरी राखिएको अवस्थामा मंगलबार बजाज कम्पनीको १५० सिसीको पल्सर मोटरसाईकल चोरी भएको हो ।
छिपहरमाई गाउँपालिका ५ नः वडा भिस्वा घर भएका प्रकाष गुप्ताको प्रदेश २—०३—०१६ प २३९८ नम्बरको १५० सीसिको मोटरसाईकल चोरी भएको पिडित गुप्ताले बताए ।
उनले भने, पान गलीमा रहेको जवाहर गुप्ता जीको घर अगाडि पार्किङ्ग गरी घर भित्र गएका थिए, केही छिनपछि बाहिर निस्केर हेर्दा मोटरसाईकल नै चोरी भईसकेको थियो । चोरी भएको मोटरसाईकल खोजीदिन जिल्ला प्रहरी कार्यालय पर्सामा बुधबार निवेदन दिइएको गुप्ताले जानकारी दिए ।
प्रतिक्रिया!