धर्मेन्द्र कुमार यादव-महोत्तरी,
महाेत्तरी जिल्लाकाे सम्सी वजारमा प्रहरीको डिउटी रहदा रहदै सात पसलमा मंगलवार राती चोरी भएका छन ।
मंगलवार रातिकाे समयमा ७ वटा पसलमा चाेरी भएका स्थानिय व्यापारी ज्ञानेन्द्र यादवले बताएका छन ।चार वटा किराना पसल, साईकल पसल, दूध डेरी र पशुकाे औषधि भएकाे पसलमा चाेरी भएका छन। सवै मिलाएर एक लाख लाख् भन्दा वढिकाे समान चाेरी गरेकाे व्यापारीहरुले बताएका छन ।
आफु आजै समान खरीद गरेर ल्याएकाे र थप समान खरीद गर्न ३५ हजार रु जम्मा गरेर राखेका भए पनि उक्त पैसा र ७ हजारकाे समान चाेरी गरि लगिएकाे नसिमा शेखले बताईन ।यस्तै अाैषधि पसल बाट ३५ हजार चार सय र दुई वटा अाैषधिकाे वाेतल लगेका छन यसै गरि पालै पालाे पसलकाे तल्चा फुटाएर लगिएकाे ती व्यापारीले वताए ।
चाेरी भएकाे पसल नजिकै नेपाल प्रहरी र सशस्त्र प्रहरीको डिउटी रहेको हुन्छ र ३०० मिटर दुरीमा मात्र सशस्त्र प्रहरी नेपालकाे बेशक्याम्प छ तर सात सात वटा पसलमा चाेरी भए पनि कसैले नदेखे पछि व्यापारीहरु संशकित बनेका छन ।
यहाँ प्रहरी चाैकी र सशस्त्र प्रहरी वल सिमा सुरक्षा र व्यापारीकाे सुरक्षाकाे लागि नभई तस्करहरुकाे सुरक्षाकाे लागि खटिएका व्यापारी यादवले बताए। दिन रात तस्करहरुले समान ओसार पाेसार गराई रहेकाे र प्रहरीहरु व्यापारीकाे सुरक्षा नगरेर तस्करकाे सुरक्षामा लागेका ती व्यापारीहरुले बताए। सम्सी नाकाबाट प्रत्येक दिन करौडोको समान प्रहरीको मिलिमतोमा तस्करी भइरहेको छ, नेपाल बाट गाजा र गाइको तस्करी पनि सम्सी नाकाबाट बढी हुन्छ तै पनि प्रहरी मुख दर्शक बनेको छ।
उता पसलहरुमा चाेरी नभएकाे यदि भएकाे रहेछ भने सिसि फुटेजकाे जाँच भईरहेकाे सम्सी प्रहरी चाैकीका प्रमुखले जानकारी दिएका छन।