लोसपा पार्टी बाट बीरगंज महानगरपालिकाका मेयर अधिवक्ता सुरेन्द्र कुर्मी निश्चित



बीरगंज, १० चैत्र

 

बीरगंजमा आयोजित लोकतान्त्रिक समाजवादी पार्टीको पर्सा, बारा, रौतहट र सर्लाही जिल्लाका कार्यकर्ता प्रशिक्षण कार्यक्रम आज बीरगंज स्थित टाउन हलमा उद्घाटन भएको छ ।

सो प्रशिक्षण कार्यक्रममा स्थानीय तहमा इमान्दार विचारधारा प्रति पूतिबद्ध, संघर्षमा जेल नेल गएका, जित्न सक्ने सक्षम व्यक्तित्वलाई मेयर पदमा लडाईने प्रशिक्षण कार्यक्रममा नेताहरुले जोड दिएका थिए ।

बीरगंज महानगरपालिका प्रदुषण, भ्रष्टाचारबाट ग्रसित रहेको हुदा बीरगंज प्रदुषण, भ्रष्टाचारमुक्त र रोजगारीयुक्त बनाउन मेयर पदमा सुरेन्द्र कुर्मीलाई प्रत्याशी बनाउन बीरगंजका कार्यकर्ताले नेतृत्व समक्ष माग गरेका छन् ।

सोही कार्यक्रममा उपस्थित भएका बीरगंजका ख्याती प्राप्त अधिवक्ता सुरेन्द्र कुर्मीसग कुराकानी गर्दा आम जनताको चाहना र पार्टीको तर्फबाट मेयर पदमा टिकट दिएमा बीरगंज महानगरपालिकालाई स्वच्छ र सम्वृद्ध बनाउन आफु मेयरको प्रत्याशी बन्ने कुर्मीले पनि समर्थन जनाउनु भएको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज