२०७८ चैत्र १७, बिहीबार १९:३५ बजे

वीरगंज -१७ चैत। सशस्त्र प्रहरीले पर्साबाट ३० किलो लागु औषध गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल छिन्नमस्ता बाहिनीबाट वशिष्ट पटेलको कमाण्डमा चार जनाको स्क्वाड टोली र सुरक्षा बेश वीरगंजबाट सप्रनानि पाण्डव प्रसाद मैनालीको कमाण्डमा खटिएको ७ जनाक़ा टोलीले बिहीबार राती ९:४५ बजेको समयमा पर्साको वीरगंज महानगरपालिका वार्ड नं : २० स्थित हर्पतगंज सडक खण्डबाट लागु औषध गाँजा बरामद गरेको हो ।

विशेष सुचनाको आधारमा खटीएको टोलीले चेकप्वाईट थापी चेकजाँच गरी राखेको चेकिङ्ग टोलीलाई देख्नासाथ चेकप्वाईन्ट भन्दा ५० मिटर अगाडि सडकको बिचमा बिना नम्बर प्लेटक़ा कार तस्करहरुले छोडेर फरार भएका थिय।

उक्त गाडी शंका लागि चेकजाँच गर्दा गाडीको डिकीमा दुई वटा रातो प्लाष्टिकलाई टेपले बेरेर राखेको अवस्थामा नम्बर नखुलेको ( ईन्जिन नं. 475IDI01KQQ P 28747 र चेचिस नं. .600131KQQP27975) टाटा इन्डिका डीएलई गाडीको डिकी भित्र ३० किलो १०० ग्राम गाजा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल नं.२ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले बताउनु भयो । लागु औषध गाँजा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि पठाईएको सशस्त्रप्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय