
काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिदै जाँदा अहिले को को उम्मेदवार छान्ने भन्ने बिषयमा दलहरुमा व्यापक छलफल भइरहेका छन् । गोकर्णेश्वर वडा नम्बर ८ वडा सदस्यमा नेपाली काङ्ग्रेसबाट खुल्ला तर्फ युवा नेता कृष्ण प्रसाद नेपालले उम्मेदवार दाबी गरेका छन् ।आज चैत २१ गते भएको कृयासिल सदस्य भेलामा नेता नेपालले नेपाली काङ्ग्रेसबाट खुल्ला प्रतिस्पर्धा तर्फ वडा सदस्यमा उम्मेदवार दाबी पेश गरेका हुन् । नेपाली काङ्ग्रेस काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं ८ इकाईका निबर्तमान कोषाध्यक्ष समेत रहेका नेता नेपाल
सामाजिक क्षेत्रमा समेत उतिकै अग्रसर रहेका छन् । नेता नेपाल बेशिगाउँ युवा समुहका अध्यक्ष ,जोरपाटी फुटबल क्लबका सचिब त्यस्तै सिद्दिदात्री नवदुर्गा भगवती मन्दिरको सचिब समेत हुन् ।
०६२/०६३ को आन्दोलनबाट सक्रिय राजनीतिमा लागिपरेका नेता नेपाल नेपाली काङ्ग्रेसको १३ औ महाधिवेशनबाट गोकर्णेश्वर ८ नम्बर इकाइ कोषाध्यक्षमा निरन्तर ५ बर्ष जिम्मेवारी निर्बाह गर्दै आइरहेका थिए। नेता नेपाल अध्यक्ष रहेको बेशिगाउँ युवा समुहले विभिन्न समयमा कम्प्युटर तालिम दिने देखि जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने, त्यस्तै काङ्ग्रेस नेता स्वर्गीय चक्र बहादुर ठकुरीको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आइरहेका छन् ।विभिन्न आन्दोलन जस्तै गुठी विधेक, सम्सद पुनर्स्थापना ,कालोबजारी विरुद्धको आन्दोलन लगायत अन्य आन्दोलन हुँदा सदैब अगाडि बढ्ने नेता नेपालसङ्ग नेतृत्व गर्न सक्ने खुवी रहेको उनी निकट नेता कार्यकर्ताहरु बताउछन् ।
गत २०७४ सालको स्थानीय चुनावमा गोकर्णेश्वरको १ नम्बर वडा देखि ९ नम्वर वडा सम्म प्राय सवै वडामा घरदैलो कार्यक्रम देखि भोट गन्ने कार्यमा समेत खटिएका उनी प्रदेश सभा सदस्यको चुनाव लगायत संघको चुनावमा समेत सकृय तरिकाले लागेका थिए।
स्थानीयलाई समस्या पर्दा तत्काल सहयोग गर्न पुगिहाल्ने उनलाई स्थानीयहरुले समेत एक कुसल जनप्रतिनिधिको रुपमा हेर्न चाहेका छन् ।