धोबीनी गाँउपालिका उपाध्यक्षमा पत्रकार पटेलको स्वतन्त्र उम्मेदवारी



वीरगन्ज, ११ बैशाख। पर्साको धोबीनी गाँउपालिकाको उपाध्यक्षमा पत्रकार आर के (राजाबाबु ) पटेलले उम्मेदवारी दिएका छन् ।

उनी वीरगञ्जबाट प्रकाशित हुने प्रतीक दैनिक, रेडियो वीरगञ्ज र टीभी वीरगञ्जमा कार्यरत थिए । २३ वर्षदेखि पत्रकारिता क्षेत्रबाट हासिल गरेको अनुभव राजनीतिमा प्रयोग गर्ने उनले बताए । उनी नेपाल पत्रकार महासंघ पर्सा शाखाको पूर्वसहसचिव हुन् ।

पत्रकार पटेलले आफनो गृह पालिका धोबीनी गाँउपालिकाको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गराएका हुन् ।

धोबीनी गाँउपालिकाको कार्यालयमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा आइतवार दिउँसो पुगेर पटेलले मनोनयन पत्र दर्ता गराएका हुन् ।

राजनीतिक दलहरु प्रति जनताको वितृष्णा बढ्दै गएकोले कुनै दल विशेषको तर्फबाट नभइ स्वतन्त्र उम्म्मेदवारी दिएको पटेलले बताए ।

पालिका उपाध्यक्षका लागि अहिले चर्चामा रहेका सबै दलका उम्मेदवारहरु पैसाको बलमा चुनाव लड्न थालेको भन्दै पटेलले तर आफु भने जनताको चाहना र मागका आधारमा चुनावी मैदानमा उत्रिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज