वीरगंज – १७ वैशाख। पर्साको धोबिनी गाउँपालिका २ स्थित आसवारीमा एक कुखुरा फर्ममा आगलागी भएको छ ।
शुक्रबार राती ८ बजेको समयमा प्रभु रामको पत्नी सुनिता देवीको नाममा रहेको रिंकु पोल्टी फर्ममा आगलागी भएको हो ।
पीड़ित अनुसार १ नं वडाका लक्ष्मी महतो केवटको छोरा विनोद महतो केवट र दिनेश महतो केवटले फर्म भन्दा १ बिगहा उतर तर्फ उनीहरू आफ्नो खेतको गहुँ खुटी जलाउने क्रममा हिजो राति आएको हावाहुरीबाट आगो सल्केर फर्मतर्फ जान लागेको र अनियन्त्रित हुन थालेर उनीहरू छोडेर भागे पछि आगो लागेको रामले जानकारी दिए।
ब्यबसायिक रुपमा कुखुरा पालन गर्दै आएका रामको कुखुरा फर्ममा आगलागी हुँदा ८ हजार कुखुराको चल्ला, कुखुरा पालेको घर, दानापानी दिने भाँडा, कुखुराको दाना ५० किलोको १३० बोरा , फर्ममा रहेको ५ किन्टल आलु र २ किन्टल पियाज तथा २ लाख रुपैया नगद लगाएतका सम्पूर्ण जलेर नष्ट भएको छ । रामका अनुसार ५१ लाख भन्दा माथिको सरसमान जलेर नष्ट भएको बताए ।
घटनाबारे इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक आयुश प्रसाद जोशीले पुष्टि गरेपनि के कति क्षति भएको सोको विवरण आई नपुगेको जनाएको छन ।