बि.न.पा. वडा नं.१४ का माओवादी केन्द्रका चुनावी छलफल सम्पन्न



बीरगंज, २५ बैशाख

माओवादी निकट अखिल नेपाल महिला संघले आज एउटा भेला गरि माओवादीको तर्फबाट वडा नं. १४ बाट वडा अध्यक्ष पदका उम्मेदवार फत्ते आलम अन्सारीलाई जिताउनका लागि एक ढिक्क भएर मतदाताहरुको घर घर पुगि आफ्नो उम्मेदवारलाई सक्दो सहयोग गर्र्नका निम्ति सबै महिलाहरुलाई परिचालन गरेका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै माननीय शेख चाँदताराले वडा नं. १४ का वडा अध्यक्ष पदका उम्मेदवार हाम्रा पार्टीले समाजका सभ्य व्यक्तिलाई ल्याएकोमा पार्टीलाई धन्यवाद दिदै अगामी दिनमा पनि पार्टीलाई सबल तथा संगठित गर्नका लागि माओवादीका कार्यक्रतालाई फिल्टर गरि राम्रो व्यक्ति छानी छुटै संगठन विस्तार गर्ने योजना मध्य यो एउटा नमुना रहेको बताईन । भेलामा उपस्थित सबैसंग हाम्रो उम्मेदवारलाई जिताउन तर्फ लाग्न सबैलाई आग्रह गरेका थिए ।

त्यसैगरि बीरगंका नगर अध्यक्ष रबहर अन्सारीले पनि आफु माओवादी पार्टीको निति निर्देशन बमोजिम नै वडाहरुका उम्मेदवारलाई नाम सिफारिसकोमा पार्टीले पनि त्यही अनुसार टिकट वितरण गरि दिएकोमा धन्याबाद दिदै खासगरि वडा नं. १४ का उम्मेदवार फते आलमसहितका पुरै प्यानललाई मतदान गरि जिताउन तर्फ हामी सबैलाई एकभएर लाग्न आग्रह गरेका छन् ।

त्यसैगरि वडा अध्यक्ष फते आलम अन्सारीले पनि आफनो वार्डलाई कसरी सुव्यवस्थित गर्ने यहाँको जनतालाई कसरी सरकारी सुविधा सहजरुपमा पुगोस भन्ने दायित्वका साथ अगाडी आएका कुरा बताए ।

उक्त भेला महिला संघकी नगर अध्यक्ष सूर्य कुमारी दलामीको अध्यक्षता भएको कार्यक्रममा प्रमुख अतिथि माननीय सांसद शेख चाँद तारा, विशेष अतिथि बीरगंज महानगर अध्यक्ष युवा नेता रहबर अन्सारी, जिल्ला अध्यक्ष हिरा भट्टराई, कमल पिठाकोटी थापा मगर लगायत वडा नं. १४ का उम्मेदवार फते आलम अन्सारी, सदस्य पदका उम्मेदवार अबुलैस अन्सारी सहित संघका पदाधिकारी उपाध्यक्ष अनिता देवी पटेल, सचिव मीन कुमारी लामा, सहसचिव अंजली पटेल, कोषाध्यक्ष समिता पटेल, सदस्यहरु, किरण देवी, सरोज देवी, रिंकु पटेल, लालपरि देवी, प्रमिला देवी, सिमा देवीसहित कार्यक्रता नुरुलहक अन्सारी, कमरुलहक अन्सारी, लगायत संचारकर्मी निरज पिठाकोटी, मुनेषलाय मगरको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Avatar

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज





थप खबर