अपडेट 
यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी | कानु समाज नेपाल पर्साको नवनिर्वाचित कार्यसमितिको सपथग्रहण तथा पदस्थापन सम्पन्न  | रेशम चौधरीलाई खादासहित स्वागत गर्न पुगेका डिएसपी भाटको सरुवा | बिधालयको ताला फुटाएर कम्प्युटर चोरी | मालगाडी रोकेर माल तान्ने बर्दीधारीमाथि छानबिनमा | वर्षकै सबभन्दा बढी गर्मी, तापक्रम ४० डिग्री सेल्सियस नाघ्यो, |
२०७९ बैशाख २५, आईतवार ०५:३१ बजे

कालिकामाई– आसन्न स्थानीय तहको चुनाव आउन अब ५ दिन मात्र बाकी छ । उम्मेदवारहरुले जोडतोडका साथ आफ्नो प्रचार प्रसार गरिरहेका छन् ।

पर्साको कालिकामाई गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) का मेयर वशिष्ठ कलवार र उपमेयर सायना खातुनले पनि जबरजस्त तरिकाले चुनावी प्रचार थालेका छन् ।

कलवार र खातुनको चुनावी ब्यानरमा जसपाका नेताको स्थानमा जुन व्यक्तिको तस्बिर राखिएको छ ती व्यक्तिको प्रभाव भारत विहार राज्यको रामनगरमा रहेको देखिन्छ । उपमेयरकी उम्मेदवार सायना खातुनको तस्बिर माथि अरमान खाँको तस्बिर राखिएको छ । खातुन खाँकी बहिनी हुन् ।

गत वर्ष विहारको नगर परिषदको चुनावमा रामनगर प्रखण्डमा अरमान खाँकी श्रीमती सायरा खातुन उपसभापतिकी उम्मेदवार थिइन् । रामनगर नगर परिषदको चुनावी ब्यानरमा अरमान खाँको ठूलो तस्बिर राखेर मतदातासँग मतको अपिल गरिएको थियो ।

यसैगरि कालिकामाईको चुनावमा समेत अरमान खाँको तस्बिर राखेर गाउँ गाउँमा ब्यानर टाँगिएका छन् । एउटै व्यक्ति नेपाल र भारततर्फको चुनावमा उम्मेदवारको प्रतिनिधी किन र कसरी बन्छ भन्ने विषयमा कालिकामाईका वासिन्दा अहिले चिन्तीत बनेका छन् ।

खाँ दुई महिना अगाडि जसपामा प्रवेश समेत गरेका थिए । जसपाका पर्सा अध्यक्ष रामनरेश यादव, प्रदेश सांसद सिंघाशन कलावर, सचिव तबरेज अहमद लगायतका नेताहरुले खाँलाई पार्टी प्रवेश गराएका थिए ।

कालिकामाई गाउँपालिकाको मेयर पदमा जसपाबाट उम्मेदवारी दिएका वशिष्ट कलवार दिनेश कलवारका भतिजा हुन् । चुनावी ब्यानरमा अरमान खाँसँगै दिनेशको तस्बिर समेत राखिएको छ ।

अघिल्लो स्थानीय चुनावमा कालिकामाईको उपमेयरमा कलवारले आफ्नो भाउजु लालशा देवी कलवारलाई उम्मेदवार बनाएका थिए । उनकी भाउजु पराजित भइन् ।

खोटाचलन, लागूऔषध मुद्दामा सजाय पाइसकेका कलवार आफू निर्वाचनमा लड्न नपाउने भएपछि कहिले भाउजु त कहिलो आफ्नो भतिजोलाई आफ्नो प्रतिनिधीको रुपमा अगाडि सार्दै आएका छन् ।

उनकी भाउजु अस्वस्थ्य रहेकीले यसपालीको चुनावमा भतिजोलाई अगाडि सारेका हुन् । आपराधिक गतिविधीमा दोषी व्यक्ति संविधानत चुनाव लड्न नपाउने भएपछि राजनीतिलाई आफ्नो पकड बाहिर जान नदिन पारिवारिक सदस्यलाई अगाडि सार्ने विहारी प्रवृत्ति अहिले कालिकामाई गाउँपालिकामा समेत देखिएको छ ।

कलवारकै परिवारका सदस्यले जसपाबाट टिकट पाउने निश्चित देखिएपछि जसपाका प्रभावशाली नेताहरुले पार्टी परित्याग गरेका छन् ।

मेयरमा जसपाबाट दिनेश कलवारका भतिजो वशिष्टले नै टिकट पाउने तय भएपछि राजशे चौरसिया एमाले प्रवेश गरेका हुन् । जसपाकै अर्का प्रभावशाली नेता राधाकृष्ण चौरसिया कांग्रेसको झन्डा बोक्न बाध्य बनेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय