
वीरगञ्ज २५ बैशाख
पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं १४ का माओवादी केन्द्र का वडा अध्यक्ष पदका उम्मेदवार फत्ते आलम अंसारी लाई जिताउन का लागि पार्टीले घरदैलो कार्यक्रमलाई तीव्र पारेको छ ।
यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्र का तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवारी दिएका अंसारी लाई बिजयी बनाउनका लागि पार्टी का नेता कार्यकर्ताहरु तथा स्थानीय वडावासीहरु घरदैलो कार्यक्रमलाई तीव्र पारिएको हो ।
घरदैलो गर्दै वडा अध्यक्ष उम्मेदवार फत्ते आलम अंसारी, वीरगञ्ज महानगरपालिका नगरका नगर अध्यक्ष रहबर अंसारी लगायतका उम्मेदवारहरु सहितको सम्पुर्ण प्यानलहरुलाई जिताउन माओवादी केन्द्र का चुनाव चिन्ह गोलाकार भित्र हसुवा हथौडी छापमा मोहर लगाई विजयी बनाउन नगर अध्यक्ष रहबर अंसारी ले वडावासीहरु संग अपिल गरेका छन् ।
वीरगञ्ज महानगरपालिका वडा नं १४ बहुअरी टोलमा भएको घरदैलो अभियानमा माओवादी केन्द्रलाई जिताउन आग्रह गरिएको छ। शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, न्यायिक स्वच्छता र नगरको चौतर्फी बिकासका लागि गाउँघरमा माओवादी केन्द्र हार्नु विकल्प नरहेको मतदाताहरुले बताएका छन् ।
घरदैलो कार्यक्रममा माओवादी केन्द्र का नेता कार्यकर्ता वडा अध्यक्ष पदका उम्मेदवार ,वडा सदस्य , नेता कार्यकर्ताहरु सम्पुर्ण वडा सदस्यहरू,युवा,बुद्धिजीवी ,स्थानिय लगाएतको उपस्थिति रहेको थियो।