अपडेट 
मन्त्री छोडेको आठ दिन बित्यो, यादवले छोडेनन् मन्त्रीको सुविधा ! | छिपहरमाईमा करेन्ट लागेर एक जनाको मृत्यु | पाेखरियामा याेजना शाखा प्रमुख पाण्डेकाे हालीमुहाली, याेजना बिक्री गर्दै | उपेन्द्र आउट भएपछि स्वास्थ्यमन्त्रीमा प्रदीप यादव, रञ्जु ठाकुर र हसिना खान पनि मन्त्री बन्ने | मधेशका मुख्यमन्त्री कार्यालयका उपसचिव साहमाथि बलात्कार मुद्दा, कर्मचारीकै श्रीमतीलाई ब्लाकमेल गरी पटक पटक बलात्कार | एमालेले पनि छोड्यो मधेस सरकार, मुख्यमन्त्री यादव अल्पमतमा | माओवादीले फिर्ता लियो मधेश सरकारलाई दिएको समर्थन | मधेश सरकारबाट बाहिरियो माओवादी केन्द्र | छिहरमाईका अध्यक्ष बालविवाह गराउँदै,सूचना लुकाउँदै | लिटिलबडी प्रि-स्कुलका बालबालिकाहरुले एक वर्षमा बचत गरेको रकम सार्वजनिक |
२०७९ बैशाख २७, मंगलवार ०३:०१ बजे

झापा, २७ वैशाख ; नेकपा (एकीकृत समावादी) बाट झापाकाे गौरीगञ्ज गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका भूपनारायण राजवंशी एमालेमा फर्किएका छन् ।

एमाले विभाजन हुँदा समाजवादी राेजेर स्थानीय चुनावमा गाउँपालिका अध्यक्ष उम्मेदवार पनि बनेका राजवंशी चुनावकाे पूर्वसन्ध्यामा एमालेमै फर्किएका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेर उनले एमालेमै फर्किएको घोषणा गरेका हुन् ।

एमाले फर्किएकाे घाेषणा गरेका भूपनारायणले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘ नेकपा एमालेभित्रको तत्कालीन अन्तर्विरोधमा म एउटा पक्षमा लागेको थिएँ । त्यो पक्ष माधव नेपाल नेतृत्वको पक्ष थियो । जतिबेला म सो पक्षमा लागें, त्यसबेला ठीक गरे भन्ने ठानेको थिएँ ।

तर, समयक्रम र राष्ट्रिय राजनीतिको घटनाक्रमहरु हेर्दै जाँदा गलत गरेको निष्कर्षमा पुगेको छु । माधवकुमार नेपालजीले नेतृत्व गर्नुभएको पार्टीमा म वास्तवमै इमानदारीपूर्वक लागेको थिएँ । तर, माधवजी र माधवजीको समूहमा लाग्नुभएका साथीहरुले पार्टी चोइटाउनुको कारण निजी स्वार्थ र अन्तराष्ट्रिय स्वार्थ रहेछ । तसर्थ, सत्यतथ्य बुझिसकेपछि पार्टी बन्न नसकेको माधवजीको गिरोहमा बसेर निर्वाचित हुनुको अर्थ देखिन ।’न्युज कारखाना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय