मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको धर्मपत्नी जलेखा खातुनको लज्जास्पद हार



वीरगञ्ज ६ जेठ

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतकी धर्मपत्नी जलेखा खातुन पर्साको जगरनाथपुर गाउँपालिकाको उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) बाट लज्जास्पद हार व्यवहोरेकी छिन् ।

उपाध्यक्षमा काँग्रेसकी उम्मेदवार बबिता सिंह निर्वाचित भएकी छन् । एमालेकी उम्मेदवार मीरादेवी कुर्मीलाइ २१८६ मतले हराउदै बबिता उपाध्यक्षमा निर्वाचित भएकी हुन् । बबिताले ५५३१ मत पाउदा , उनकी निकटतम प्रतिद्धन्द्धी एमालेकी मीरा देवीले भने ३३४५ मत पाएकी छिन।

मुख्यमन्त्री धर्मपत्नी जलेखा खातुनले भने ३१२३ मत मात्रै पाएकी छन् । जसपाबाट उम्मेदवार बनेकी मुख्यमन्त्री राउतकी पत्नि भने तेश्रो स्थानमा समिति भएकी छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

Birgunj express

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज