भिस्वा नाकाबाट तस्करी। बीओपी, गण देखि बाहिनी सम्म सेट्टिंग।



वीरगंज। सिमानाकामा चोरी तस्करी, आपराधिक गतिविधि रोक्ने र देशको राजश्व बढाउने मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीकै सेट्टिंगमा पर्सा जिल्लाको पश्चिमी भेगमा पर्ने भिस्वा र बुढगाई नाकाबाट ठूलो तस्करी पुनह सञ्चालनमा आएको समाचार प्राप्त भएको छ ।

चुनावको बेला सिमानाकामा प्रहरीले कडाई गरेपछि केही दिन रोकीएको तस्करी चुनाव सक्नै बितिकै ठूलो गिरोह नै बनाएर सञ्चाल गरेका छन।

तस्करहरुले दिनमा २ -३ सय जना भरिया राखेर भरियाको माध्यमले तस्करीका समान वारीपारी गराउँछन् भने रातिराति ट्रेक्टर र पिकअपको माध्यमले गर्दै आएका छन।

भिस्वाका तस्करहरुले नेपालबाट भारततर्फ चाइनिज स्याउ, मटर, मरिच, छोगडा, मकै, अकरोट, युनिलिभरको फेयर एण्ड लभ्ली, क्लोजअप पेस्ट जस्ता कस्मेटिकका सामानहरू, खुकुरी चुरोट, चाइनिज इन्चीटेप , लेक्मीको काजल लगायतका समानहरु तस्करी गरिरहेका छन । यस्तै सेटिङमा नेपाली बालुवा पनि भारततर्फ तस्करी भइरहेको छ ।

यति मात्रै हैन यसको अलावा पनि अपोलो कम्पनिको स्कॉर्पियो र कारको १७ नम्बर टायरको पनि तस्करी सुरु भएको छ । भिस्वामा एउटा पनि टायरको पसल या चारचाका गाडी बनाउने ग्यारेज नै नभएको ठाउँमा  वीरगंजबाट प्रति दिन आउने एक ट्रक टायर काहा जान्छ भने प्रहरीले कुनै नबुझेको  र नदेखेको हैन बल्कि सेट्टिंगमा भारततर्फ तस्करी भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज