अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७९ जेष्ठ १९, बिहीबार १०:४९ बजे

वीरगञ्ज १९ पर्सा

पर्साको पर्सागढी नगरपालिकाको कार्यपालिकाको सदस्यमा नेकपा एमालेका ६ , जजसपाका १ र लोसपाका १ जना विजयी भएका छन् ।
कार्यपालिका सदस्यका लागि बिहीबार भएको निर्वाचनमा ८ मध्ये ६ सदस्य एमालेले जितेको हो ।

५ जना महिला सदस्यमा एमालेकी सीता देवी लामा , श्रीचन्दा देवी थरुनी , सबिता गिरी , लक्ष्मी विश्वकर्मा र लोसपासकी ुनिता कुमारी देवी विजयी भएकी हुन् ।

दलित वा अल्पसंख्यक सदस्यमा भने जसपाका असलम आलम तथा एमालेका मोहनलाल महत्तो र दिल बहादुर भुजेल निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा ४७ जना मतादाता रहेका थिए ।

बैशाख ३० मा भएको स्थानीय तह निर्वाचनमा पर्सागढी नगरपालिकामा एमालेले मेयर र उपमेयर सहित दुइ वडा अध्यक्ष , जसपाले दुइ वडाअध्यक्ष , काँग्रेसले तीन वडाअध्यक्ष , लोसपाले एक वडाअध्यक्ष र एउटा वडामा स्वतन्त्र उम्मेदवार वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय