अपडेट 
बाँदरले हैरान पारेपछि ‘बेसार खेती’ | कांग्रेसको सदस्यता वितरण र नवीकरण अब अनलाइनबाटै | दादुराबाट बच्न के गर्ने ? यस्ता छन् उपाय | मुसलमान र इस्लाम एकै ठाउँमा राख्न मुस्लिम संघको माग | ‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीले भने- यो राजनीतिक विषय होइन | यी हुन् प्रदेश हाक्ने एमालेका ६ कमाण्डर | सबैलाका ईन्सपेक्टर देवकोटा अपराधी जोगाउन माेटरसाइकल चाेरलाई अभद्रमुद्दा चलाए | भाइरल डिएसपी कारवाहीमा, पत्रकारलाई थर्काएपछि झनै तनावमा | भन्सारका कर्मचारीले यसरी लुट्छन् : मूल्याङ्कनमा सवा अठार करोड डुबाए | सशस्त्रका डिएसपी खड्काको मिलोमतोमा रातभरी राँगा,भैसीं र कुखुराको चल्ला तस्करी |
२०७९ जेष्ठ १९, बिहीबार ११:४७ बजे

पकाहामैनपुर – पकाहामैनपुर गाऊँपालिका अन्तर्गत पर्ने पुरै गाऊँलाई जिल्ला कै नमुना गाऊँ बनाउने मेरो योजना रहेको उक्त गाऊँपालिकाका अध्यक्ष सुरेस प्रसाद मेहताले बताउनु भएको छ ।

गत बैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनबाट निर्वाचित भएको आज १३ / १४ दिनपछि हामीसंग कुरा गर्दै नेपाली कांग्रेसका नेता समेत रहनुभएको अध्यक्ष मेहताले गाऊँपालिकामा शिक्षा ,स्वास्थ्य र कृषिलाई अग्र भागमा राखेर काम गर्ने बताउनुभएको छ । उहाले गाऊँपालिकामा दैनिया बनेको शिक्षाको पहुचलाई बिस्तार गरी सुलभ र सरल तरिकाले गरिब , अल्पसंखयक तथा गाऊँपालिकामा पिछडिएका बर्ग सम्म पुर्याउने आफ्नो लक्ष्य रहेको बताउनुभयो ।

गाऊँपालिकाका हरेक वडा कार्यालयमा सेवाग्राहीले प्रष्ट देख्ने र बुझने गरि नागरिक वडापत्र राखिने र यसका साथै जनताको गुनासो सिधै म सम्म पुग्ने गरि हरेक वडामा संयन्त्र निर्माण गर्ने योजना रहेको बताउनूँ भयो ।

त्यसैगरी स्वास्थ्य चौकीमा भएको औषधि समेत स्थानीय जनतालाई पाउन गाह्रो भईरहेको हुदा स्वास्थ्य संस्थामा आफै बेलाबेलामा अनुगमन गर्ने र सहज तरिकाले गाऊँपालिकाका स्वास्थ्य चौकीका सेवा प्रवाहको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।

गाऊँपालिकाका अधिकांस गाऊँबासीले तरकारी खेति गर्ने भएकाले मेरो गाऊँपालिकामा पर्ने जति कृषकको लागी कृषिमा आधुनीकरण गर्ने र कृषि उब्जलाई पालिका बाहिरका तरकारी व्यापारी संग समन्वय गरी गाउँ मै तरकारी बिक्रि बितरण गर्ने बाताबरण तयार गर्ने योजना रहेको मेहताले बताउनुभयो ।

पालिका स्तरमा विभिन्न प्रकारका रोजगार सम्बन्धि तालिमको आयोजना गरी पालिकाका महिलालाई तालिम दिएर सिप सिकाउने र सिकेक सीपलाई पालिकाबाट आर्थिक सहयोग गरी घरेलु तथा साना उद्योग चलाउन पहल गर्ने बताउनुभयो ।

बिद्यालय बालबालिकाको लागी बिद्यालय उपरान्त खेल सामग्री उपलब्ध गराई उनीहरुको शारीरिक तन्दुरुस्तीको लागी रुख मुनिको शितल छहारी भएको जघामा खेलमैदानको व्यवस्था गर्ने लक्ष्य रहेको बताउनुभयो । त्यसै अरु पनि धेरै योजना बनाएको छु जुन यो पालिकाको मुहार नै फेर्ने उहाले भन्नुभयो । अन्त्यमा मेहताले जनताले दिएको जिम्मेवारी राम्रो सँग निर्वाहन गर्नेमा विश्वस्त रहन गाऊँपालिकाबासीमा आग्रह गर्नु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय