अपडेट 
पोखरिया नगरपालिका-९ सेमबारी बैरियामा निशुल्क आखा सिविर सम्पन | गृहमन्त्री लामिछाने भन्छन्- सबै ‘फरार’ समातिन्छन्,धुलो धेरै छ, पुरानो छ तर,थोरै पर्खिनु पर्छ | सशस्त्रका ९७ एसपीको सरुवा , पर्सामा सुमन थपलिया र बारामा टोप बहादुर डाँगी आउदै । | सरकारी मोटरसाईकलको चरम दुरुपयोग, ससुराली जानदेखि भारतमा तरकारी किन्नसम्म | धोबिनी गाउँपालिका वडा नं ४ मा सामाजिक सुरक्षाभत्ता वितरण गराउदै,वडाअध्यक्ष- अबास मिया | धोबिनी गापाको स्वास्थ्य संस्थामा सिटामोल नरहेको कारण बिरामी रितो हाथ फर्कन बाध्य | पर्साको जिराभवानी र पटेर्वासुगौलीमा खिचडी महोत्सव | भारतीय समाजवादी नेता शरद यादवको निधन | शीतलहर प्रभावितलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा कम्बल वितरण । | मधेश प्रदेश प्रहरी प्रमुखमा डिआईजी बसन्त बहादुर कुवर आउदै |
२०७९ जेष्ठ २१, शनिबार १०:२४ बजे

सिन्धुलीमा शुक्रबार एक सशस्त्र प्रहरी जवानले आफैले बोकेको हतियारले आफैलाई गोली प्रहार गरेका छन् ।

गोली प्रहारबाट कमलामाई नगरपालिका–११ घर भएका मदन श्रेष्ठ गम्भीर घाइते भएका छन् । श्रेष्ठ सशस्त्र प्रहरी बल नेपाल नं. ५ गण काभ्रे दरबन्दी भई हाल स.प्र.बल आश्रित गुल्म सिन्धुलीमा कार्यरत थिए ।

१३ वर्षीय श्रेष्ठ कमलामाई–५ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय सुरक्षार्थ हतियारसहित खटिएका थिए । राति ९ देखि १२ बजेसम्मको डिउटीमा रहेका उनले साढे १० बजेतिर सोही कार्यालयको प्रशासनिक भबनको शौचालयमा गई आफूले बोकेको एसएमजीबाट आफैलाई चिउडोमा गोली फायर गरेका थिए ।

उनलाई जिल्ला अस्पताल सिन्धुलीमा लगिएकोमा सामान्य उपचारपछि थप उपचारका लागि सशस्त्रको काठमाडौं बलम्बुस्थित अस्पतालमा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार उनको अवस्था गम्भीर छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय