सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक विदुर खड्काले शुक्रबार सूचना निकालेका हुन् ।
सूचनामा प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि सात दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
त्यस्तै प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका प्राविधिक सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि सात दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।
प्रतिक्रिया!