अपडेट 
प्रहरीकै संरक्षणमा इटहर्वा नाकाबाट तस्करी : तस्करहरुको अखाडा | दुई महिनामा २ खर्ब ३३ अर्बभन्दा बढी व्यापार घाटा | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | धार्मिक दंगा भएको स्थानमा मधेशी आयोगको उच्चस्तरीय टोली | भारतीय नामुदत राँगाभैंसी तस्कर महादेवको लाईन चालु। | सर्लाहीमा तस्करसँग रकम उठाउन हानथाप | प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | धनुषाको इटहर्वा नाकामा असई पटेल र घुमुवा पाण्डेले तस्कर लाईनसहित चोरीको बाईक गराउँछन पार | नयाँ एसपी आएपछि तस्करीको लाइन बन्द, ब्यापारीले घुस फिर्ता मागेपछि हंगामा | मधेश प्रदेशका निमित्त प्रमुख सचिव चौधरीको घुस आतंकले कर्मचारी हैरान |
२०७९ जेष्ठ २१, शनिबार ११:०० बजे

जनकपुरधाम – नेपाल रेल्वे जस्तो संवेदनशिल एक हल्टको कार्यालयमा टिकटकमा नाच्ने एक युवतिले कर्मचारीसँग भिडियो बनाएपछि उनको नोकरी धरापमा परेको छ ।

जयनगर–जनकपुर–कुर्था रेल अन्तर्गत धनुषाको वैदेही हल्ट (स्टेशन) मा रेलका कर्मचारी शँकर यादवले टिकटकमा नाच्ने एक टिकटोकरसँग कर्मचारीकै कुर्शीमा बसाएर बनाएको भिडियोले उनीमाथि कारवाही प्रक्रिया अगाडी बढने भएको छ ।

म्यादी प्रहरीमा हुँदा टिकटोककै कारण म्यादी जागिरबाट हटाइएकी सप्तरीकी एक युवतिले पुनः रेल कर्मचारीसँग उनको आई–कार्ड (परिचय पत्र) लगाएर कर्मचारी बस्ने कुर्शीमै गएर रेलको लीक (कन्ट्रोल रुम) मा गएर टिकटोक भिडियो बनाएको देखिएको छ ।

रेल आउँने पटरी (लीक) लाई परिवर्तन, नियन्त्रण गर्ने कन्ट्रोल रुम जस्तो अति संवेदनशिल कोठामा गएर टिकटक बनाएपछि रेलका कर्मचारी भनिएको शँकर यादवलाई कारवाही गरिने भएको छ ।

नेपाल रेल्वेका महाप्रबन्धक निरञ्जन झाले भिडियो बारे आफूलाई थाहा नभएको र भिडियो देखेपछि उनलाई आजै स्पष्टीकरण सोधिने बताए । उनले भने,–“रेलको कन्ट्रोल रुपममा भिडियो बनाउनु नै अक्षम्य रहेको छ, यस्तो गर्न कसैलाई कदापी छुट छैन, यसबारे बुझेर कर्मचारीमाथि कारवाही हुने देखिए कारवाही हुनेछ ।”

सप्तरीमा म्यादी प्रहरीमा हुँदा अश्लिल गीतमा पोशाकमै भिडियो बनाएपछि म्यादी जागिरबाट निकालिएकी युवतिले पुनः अर्को काण्ड दोहरयाएकी छिन् । त्यतिबेला आफ्नो म्यादी नोकरी गुमाएकी उनले यसपाली एक कर्मचारीकै नोकरी खाने कार्य गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय