बिरगंजको सिमानाकामा तस्करी। बीओपी, गण देखि बाहिनी सम्म सेट्टिंग।



बिरगंज – सीमा सुरक्षा, तस्करी र अवैध क्रियाकलाप नियन्त्रण गर्न खटिएका सशस्त्र प्रहरी बलका बिओपी , गण देखी बाहिनी सम्मका उच्च अधिकारीहरुकै मिलोमतोमा इनर्वा भन्सार ,इनर्वा गाउँ र छपकैया नाकाबाट करोडौंको तस्करी भइरहेको छ।

तस्करहरुले भारतको रक्सौलबाट लत्ताकपडा , हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स,खाद्यान्न,किराना आईटम, कस्मेटिक तथा खेलकूद लगायतका सामग्रीहरु, भारतीय ब्रान्डका सूर्तीजन्य पदार्थ , रजनीगन्धा, स्पेयर पार्टस् र माछा लगायतका समानहरु पिकअप भ्यान, इ-रिक्सा , टेम्पु ,मोटरसाइकल, साइकल एवं पैदल भरियाको माध्यमबाट राजस्व छलेर लाखौ करोडौं मूल्यका बस्तुहरु दैनिक नेपाल भित्रयाईरहेका छन ।

सिमानाकामा रहेको बिरगंज भन्सार बिओपी इन्चार्ज र शिक्षा आफिस बिओपीका इन्चार्ज अगम राइले राजस्व छली गराइ बिओपी ,गणका गणपति तेज पोखरेल र मधेस प्रदेश बाहिनीका डिआईजी गणेश ठाडा मगरको नाममा समेत लाखौं लाख रकम अशुल्ने गरेका छन् ।

इनर्वा गाउँ नाकाबाट अनिलको समुहले मोटरसाइकल र साइकलको माध्यमले कपडाको तस्करी गरिरहेका छन भने भारतको रक्सौलबाट दिनहु लाखौँ मूल्य बराबरको अवैधमा रूपमा निरु भाइ भनिने निरज साह समूहको माछा तस्करी गरि नेपाल भित्रिरहेको छ । निरज साहले भारतबाट तस्करी गरी ल्याएको माछा वीरगंजको मिना बजार, बिर्ता बजारमा बिक्री वितरण गर्ने गरेका छन् ।

इनार्वा नाकाबाट रक्सौलतर्फ छपकैयाका इम्रान र तमाना मियाँको कबाड तस्करी भइरहेको छ। इम्रान मियाँले कबाडभित्र विभिन्न जनावरहरूको हड्डी लगायतको सामान तस्करी मार्फत भारतको रक्सौलमा पठाउने गरेका छन्। तमाना र ईमरानले ठुलो मात्रमा कबाडको तस्करी गर्दै आएका छन ।

इनर्वागाउँ नाकाबाट बिकी साह, आकाश वर्णवाल, बिशाल जयसवाल, शिव कलवार, रबि शर्मा, मुनीलाल अप्सरा, जयलाल यादव, शेखावत ईनर्वागाउँ, शत्रुधन यादव, मालती देवी, अम्बेवा, रेखा देवी, चान्दा देवी, ललिता, चन्द्रिका, दुलारी, रुबि खातुन, झुन झुन, लगायतका तस्करहरुले तस्करी गर्न लाइन पाएका छन् ।

छपाकैयाबाट कपडा तस्करी गर्न लाइन पाउनेहरुमा विवेक, रन्जित ,सुकेस, हरेन्द्र पटेल छन। यस्तै छपकैया नाकाबाट पशुपति यादवले काजु किसमिस जस्ता समानको तस्करी गर्न पाएका छन भने  बैजु साह, मञ्जु पटेलले हार्डवेयर, इलेक्ट्रोनिक पाट्र्स, मोटर पाट्र्स, स्पेयर पार्टसको तस्करी गरिरहेका छन ।

यस्तै तस्करीको लाइन अशोक वर्णवाल, ललन पटेल, मदन बंगाली, मदन केवट,  मनोज गुप्ता, तबारक मिया , कुबेर जटाधारी, बवन ठाकुर लगायतका तस्करहरुले पाएका छन् । यस विषयम १३ नः गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक तेज पोखरेल संग बुझ्दा आफूलाइ यस बारेमा केहि जानकारी छैन तर बिओपी इन्चार्जलाई बोलाएर यस बिषयमा बुझछु उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज